close

चीनका ह्वावे, साओमी, जूम र टेन्सेन्ट जस्तै बन्नसक्ला त अम्बानीको जियो ?

टेकपाना टेकपाना

साउन २, २०७७ २१:४४

चीनका ह्वावे, साओमी, जूम र टेन्सेन्ट जस्तै बन्नसक्ला त अम्बानीको जियो ?

एजेन्सी । घरबाटै काम गरेर २८ अर्ब डलर जुटाएका भारतका सबैभन्दा धनाढ्य मुकेश अम्बानी अहिले अमेरिका र चीनबीच उत्पन्न प्रविधिको शीत युद्धको अवसरमाथि खेल्न चाहन्छन् । सिलिकन भ्याल्लीका टेक जायन्टहरुले दिएको एक तिहाई पैसाले उनलाई त्यो हिम्मत दिएको हो । 

अम्बानीको यो एउटा साहासिक योजना हो । अहिले अमेरिका, बेलायत र भारतका सरकारले ह्वावेको प्रविधिलाई चिनियाँ सरकारको निगरानीको उपकरणको संज्ञा दिँदै आफ्नो मुलुकमा भित्र्याउन अस्वीकार गरिरहेका छन् । 

अम्बानीको चार वर्षे कम्पनी जियोले पनि आफ्नै नेटिभ फाइभजी प्रविधि विकास गरेको छ । बुधबार रिलायन्स इन्डस्ट्रिजको साधारण वैठकमा कम्पनीले आफ्न‍ा ४० करोड फोरजी सेवाग्राहीमा उक्त प्रविधि परीक्षण गरेको बताएको छ । उसले यो सेवा अन्य बजारमा पनि विस्तार गर्ने बताएको छ । अम्बानीबाटै सञ्चालित न्युज १८ डट कमले उक्त प्रविधिलाई ‘ह्वावे किलर’ नाम दिएको छ । 

साथै अमेरिकी विदेशमन्त्री माइक पोम्पियो समेतले जियोले ह्वावेको प्रविधि प्रयोग नगरेको भन्दै जियोलाई क्लिन नेटवर्कको रुपमा तारिफ गरेका छन् । अम्बानीको फाइभजीको ताकत र यसको लक्षित बजार अझै पनि अस्पष्ट छ । तर ह्वावेविरुद्धको योजना भने स्पष्ट छ ।

अल्फाबेट कर्पोरेसन (गूगलको प्यारेन्ट कम्पनी) का सीईओ सुन्दर पिचाईले रिलायन्स जियोको साधारण सभामा भर्चुअल उपस्थिति जनाउँदै जियोको ७.७ प्रतिशत स्टक खरिद गर्न साढे चार अर्ब डलर लगानीको बाचा गरेका थिए । साथै दुई कम्पनीको साझेदारीमा नयाँ स्मार्टफोन निर्माण गर्ने समेत योजना बनाएको विषय समेत खुलाएका छन् । 

दुई कम्पनीको यो नयाँ योजनाले फिचर फोन प्रयोग गरिरहेका ३५ करोड भारतीय प्रयोगकर्ताहरुलाई सस्तो स्मार्टफोन उपलब्ध गराएर मोबाइल इन्टरनेटमा सिफ्ट गराउनेछ । तर गूगलले जियोसँग फोन निर्माणको मामिलामा कतिसम्मको कस्टमाइजलाई अगाडि लैजान सक्ला त ?

यदि धेरै कस्टमाइज गर्न सकेको खण्डमा उक्त फोन खरिद योग्य हुनेछ । तर यो जियो एपसँग जोडिएको हुनेछ । यदि गूगलले थोरै मात्र कस्टमाइज गर्ने हो भने मूल्य धेरै हुनेछ । जियोको नयाँ फोनको योजना यिनै दुई धारबीच कुनै न कसनै स्थानमा त पक्कै रहनेछ ।

तर यसले साओमी कर्पोरेसनका लागि भने ठूलो चुनौती उत्पन्न गराएको छ । ब्लुमबर्ग इन्टेलिजेन्स एनालिस्ट अन्थिया लायका अनुसार गत वर्ष भारतमा प्रयोग हुने स्मार्टफोनमध्ये ३५ प्रतिशत फोनहरु चीनबाट आएका थिए । 

अर्को कुरा के स्पष्ट देखिन थालेको छ भने, आफ्नो म्यासेजिङ एप ह्वाट्सएपको बजार विस्तारका लागि फेसबुक कम्पनीले जियोको १० प्रतिशत शेयर खरिद गर्न पाँच अर्ब ७० करोड डलरको लगानी गरेको छ । जसबाट भारतमा नयाँ ईकमर्श कम्पनी भित्र्याउने छ । यसको ब्लुप्रिन्ट भनेको फेरी पनि चीन नै हो । 

ह्वाट्सएपको लोकप्रियता र रियल टाइममा भुक्तानीलाई सम्पन्न गर्न सक्ने गुणका कारण भारतमा यसले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिङको विच्याटको ठाउँ लिएर सेवाग्राहीहरुलाई जोड्दैछ । रिलायन्स जियोको वार्षिक साधारणसभालाई रिलायन्सका तीन खाल लगानीकर्ताले हेरेको प्लेटफर्म जियोमीट आफैमा चिनियाँ कम्पनी लगानीको जूम भिडियो कम्युनिकेस प्लेटफर्मको क्लाउड कन्फ्रेन्सिङ क्लोन हो ।

गत वर्ष अम्बानीले आफ्नो तेल रसायन व्यवसायको २० प्रतिशत शेयर साउदी अरामकोलाई बिक्री गर्ने पर्याप्त संकेत दिएका थिए । तर अब यो डिल सम्पन्न नहुने सम्भावना देखिएको छ । 

अम्बानीले एकैपटक सफल चिनियाँ कम्पनीहरुलाई विस्थापन गर्न खोजिरहँदा देशका नीति निर्माणकर्ता पनि चिनियाँ लगानीलाई विस्थापन गर्ने चाहनामा छन् । पश्चिमा मुलुक र चीनबीच बढ्दो आर्थिक तथा प्राविधिक विकासको खाडललाई भर्न भारत विश्वकै वैकल्पिक उद्योग बन्ने सम्भावना प्रबल छ ।

तर हाल यसका लागि न त भारतको भौतिक पूर्वाधार न त कम्पनीको ब्यालेन्स सिट नै तयारी अवस्थामा छ । कोभिड १९ पछि सबै क्षेत्र डामाडोल स्थितिमा छ ।  रिलायन्सले पूँजी संकलन गरेर आफू नेट डेप्टबाट बचेको छ । कम्पनीले नरेन्द्र मोदीको बाइ इण्डिया एजेण्डासँगै अगाडि बढ्ने इच्छा देखाएको छ ।

कम्पनीको ग्रोसरी व्यवसायले सोझो किसिमको खरिदबाट किसानको आयलाई माथि उठाउन सहयोग गरेको छ । यस्तै जियोको सस्तो क्लाउड सर्भिसले साना व्यवसायलाई डिजिटाइज हुने अवसर दिएको छ । 

साथै रिलायन्सले भारतीय शहरहरुको बढ्दो प्रदुषणको समस्यालाई कम गर्न क्लिनर अटो फ्युल पनि आपूर्ति गर्ने इच्छा देखाएको छ । खुल्ला र स्वतन्त्र प्रतिस्पर्धाका लागि रेफ्रीको भूमिका खेल्नुभन्दा केही ठूला पूँजीपतिहरुको विस्तारलाई सहायता दिने आर्थिक नीति धेरै व्यवस्थित हुन्छ र यसले छिटो परिणाम ल्याउँछ भन्ने कुरा भारतले चीनसँग सिकिसकेको छ ।

तर विजेता बन्ने अवस्थामा भियतनाम र बंगलादेशले भारतले दाबी गर्न चाहेको निर्यातको अवसरलाई ओगट्ने सम्भावना पनि उत्तिकै छ । गूगलले केही समयअघि जियोको टेलिकम प्रतिस्पर्धी भोडाफोनको शेयर खरिद गर्ने बारेमा समेत सोचिरहेको खबरहरु बाहिर आएका थिए । यदि यो सम्भव भएको खण्डमा भारतको व्यापारिक परिदृश्य अझ धेरै प्रतिस्पर्धी हुने थियो । 

यसबाहेक पिचाईले अम्बानीसँग छुट्टिएर आफ्नै आइडियाको संरचना पनि खडा गर्न सक्छन् । तर अहिलेसम्म उनले जियोसँग ह्याण्डसेट साझेदारीको लागि मात्र निर्णय गरेका छन् । भारतमा १० अर्ब लगानी गर्ने उनको घोषित निर्णयमा अझै धेरै पूँजी खर्च हुन बाँकी नै छ । 

अमेजनका जेफ बेजोसले पनि साढे पाँच अर्बको लगानी भारतमा गर्ने निर्णय गरेका छन् । तर उनले आफ्नो बोली फिर्ता लिए भने यो आश्चर्यको विषय हुन सक्नेछ । अम्बानीको तर्फबाट कुरा गर्दा उनले लगानीर्कताहरुलाई आफ्नो कम्पनी जूम, टेन्सेन्ट देखि ह्वावे, साओमी र भेरिजोन कम्युनिकेसन जस्तो टेलिकम बन्न सक्ने कुरालाई पनि प्रदर्शन गर्न सक्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४