close

दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायको सेक्युरिटी अडिट अनिवार्य, अन्यथा कारबाही

टेकपाना टेकपाना

साउन १३, २०७७ १३:१४

दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायको सेक्युरिटी अडिट अनिवार्य, अन्यथा कारबाही

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियमनकार निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायकहरुलाई आफ्नो सूचना प्रविधि प्रणालीहरुको नियमितरुपमा अनिवार्य सुरक्षा अडिट गराउन निर्देशन दिएको छ । साथै अडिटको प्रतिवेदन प्राधिकरणमा बुझाउन समेत नियामकले भनेको छ । 

पछिल्लो समय नेपालमा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकको सिस्टममा रहेको कमजोरीका कारण ह्याकिङका घटनाहरु बढ्दै गएका छन् । यस किसिमको संवेदनशीलतालाई मध्येनजर गर्दै स्थितिलाई सुधार गर्न तथा त्यस किसिमका घटना पुन: दोहोरिन नदिन यस्तो निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । 

‘सेवा प्रदायकले नियामकको निर्देशन पालना नगरेमा दूरसञ्चार ऐन २०५३ आकर्षित हुने र सेवा प्रदायकलाई पचास हजार रुपैयाँसम्मको जरिवाना हुनसक्छ,’ उनले भने । साथै निर्देशन पालना नगर्दा भएको हानी नोक्सानीको बिगो तथा क्षतिपूर्ति पनि सेवा प्रदायकले नै भर्पाई गर्नुपर्ने प्रवक्ता अर्यालले बताए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०