close

एसईईको नतिजा आउँदै, यसरी हेर्नुहोस्

टेकपाना टेकपाना

साउन १५, २०७७ १९:७

एसईईको नतिजा आउँदै, यसरी हेर्नुहोस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

कोभिड–१९ का कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।

एसईईको नतिजा सार्वजनिक हुने समय नजिकिँदै गर्दा परीक्षा नियन्त्रण कार्यलयले नतिजा सम्बन्धी विवरण सार्वजनिक हुने अनलाइन माध्ययमको बारेमा जानकारी सार्वजनिक गरेको छ ।

बोर्ड अनुसार नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत सार्वजनिक हुनेछ । जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको सिमकार्ड प्रयोग गर्नेले १६०० डायल गरी नतिजा थाहा पाउन सक्छन् ।

यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउने सुविधा सञ्चालन गरेको छ ।

यसका अलावा विद्यार्थीले भक्तपुरको सानोठिमीमा रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, एनसेलको वेबसाइट, इडियु सञ्जाल डटकमकान्तिपुर पब्लीकेशन प्रालीमार्फत पनि नतिजा हेर्न सक्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०