close

रजिस्टर्ड डोमेन बिक्री गर्ने र खोज्नेलाई जोड्ने नेपाली नेटवर्क

टेकपाना टेकपाना

साउन २३, २०७७ १४:१४

रजिस्टर्ड डोमेन बिक्री गर्ने र खोज्नेलाई जोड्ने नेपाली नेटवर्क

काठमाडौं । आफ्नो व्यवसायका लागि वेबसाइट बनाउँदै हुनुहुन्छ, तर उपयुक्त डोमेन नेम फेला पार्न सकिरहनु भएको छैन भने अब चिन्ता लिनुपर्दैन । डोमेन नेमको मार्केट प्लेस नेपाल डोमेनर्स नेटवर्क (एनडीएन) मा अब सजिलै यस्तो सुविधा पाउन सक्नुहनेछ । 

यो रजिस्टर भइसकेका डोमेन नेम पुनः बिक्री गर्ने कम्पनी हो । डोमेनिङ वा डोमेन नेम इन्भेस्टिङ भनिने यस प्रकारको व्यवसाय नेपालका भने पहिलो र नयाँ भएको दाबी कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत विनोद विश्वकर्माको छ ।  

बीएससीसीएसआईटी विषय अध्ययन गरेका ३० वर्षीय विनोदले गत मार्च २५ मा एनडीएनलाई नेपाली बजारमा सार्वजनिक गरेका हुन् । ‘हामी राम्रा अनि राम्रो ब्राण्ड भ्यालूको संभावना भएका डोमेनहरुलाई यहाँबाट बिक्री गर्छौं ।

जस्तो पायो त्यस्तो डोमेनलाई भने हामी प्लेटफर्ममा राख्दैनौं,’ विश्वकर्माले भने, ‘डोमेन छनौंट गर्ने काम हामी आफै गर्छौं । डोमेनको भ्याल्यू, व्यावसायिक सम्भाव्यता सबै कुरा हेर्छौं र हाई भ्याल्यू डोमेनलाई मात्र हाम्रो प्लेटफर्मा राखेर बिक्री गर्छौं ।’ 

एनडीएनमा अन्य सार्वजनिक प्लेटफर्ममा जसले पायो त्यसैले आफ्नो जुनसुकै डोमेन बिक्रीका लागि राख्न भने पाइँदैन । एनडीएनले निश्चित मापदण्डभित्र रहेर ती डोमेनहरुको विश्लेषण गरेपछि मात्र प्लेटफर्ममा बिक्रीका लागि ठाउँ उपलब्ध गराउँछ । 

डोमेन दर्ता गराएको, तर विभिन्न कारणबश प्रयोग गर्न नसकिरहेको पक्ष र व्यवसाय सुहाउँदो डोमेनको फस्ट ह्याण्ड रजिस्टर गर्न नसकेर उपयुक्त रजिस्टर खोजिरहेका पक्षहरुबीच एनडीएनले सेतुको भूमिका निभाउने विश्वकर्मा बताउँछन् । एनडीएनले डोमेन बिक्री गर्न चाहनेहरुका लागि हाल सीमित समयसम्मका लागि निःशूल्क लिस्टिङको सुविधा दिइरहेको छ । 

आफूसँग रहेको डोमेन बिक्री गर्न तथा रजिस्टर डोमेन खोज्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३