close

टिकटक बिक्री नगरे ४५ दिनपछि अमेरिकाले प्रतिबन्ध लगाउने

टेकपाना टेकपाना

साउन २३, २०७७ १८:४८

टिकटक बिक्री नगरे ४५ दिनपछि अमेरिकाले प्रतिबन्ध लगाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशमा टिकटकको प्यारेन्ट कम्पनी बाइटड्यान्ससँग सबै किसिमको कारोबारमाथि प्रतिबन्ध लगाउन बिहीबार कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

साथै अमेरिकाले यो आदेश पालना नगर्ने कम्पनीहरुमाथि समेत प्रतिबन्ध लगाउने धम्की समेत दिएको छ । अमेरिकी सरकारको अधिकारक्षेत्रभित्र रहेको जुनसुकै सम्पत्तिबाट बाइटड्यान्ससँग काराेबार गर्न उक्त आदेशले रोक लगाएको छ ।

बाइटड्यान्सको कुनै पनि सब्सीडरी कम्पनीसँग व्यापार गरेको पाइएमा अमेरिकी वित्त मन्त्रालयले त्यस्ता व्यक्ति तथा संस्थामाथि समेत प्रतिबन्ध लागू गर्ने आदेशमा उल्लेख छ । 

टिकटकमाथिको बाइटड्यान्सको स्वामित्व अमेरिकी कम्पनीलाई बिक्री अमेरिकाले ४५ दिनको समय दिएको हुँदा यो कार्यकारी आदेश त्यसपछि मात्र लागु हुनेछ ।  

तर टिकटकका अमेरिकी प्रयोगकर्ताहरुलाई यो प्रतिबन्धले असर गर्छ वा गर्दैन भन्ने विषयमा भने केही स्पष्ट उल्लेख छैन । यसबाहेक चीनको टेन्सेन्ट कम्पनीले सञ्चालन गर्दै आइरहेको वीच्याटमाथि पनि ट्रम्पले सोही कार्यकारी आदेशमार्फत प्रतिबन्धको घोषणा गरेका छन् ।

अमेरिकाको यस किसिमको घोषणापछि हङकङमा आधारित टेन्सेन्ट कम्पनीको शेयर शुक्रबार मध्यान्ह चार प्रतिशतले ‌ओह्रालो लागेको छ । 

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३