close

६ हजार एमएएचको शक्तिशाली ब्याट्री भएको इन्फिनिक्सको सस्तो मोबाइल नेपालमा

टेकपाना टेकपाना

साउन ३२, २०७७ १९:१३

६ हजार एमएएचको शक्तिशाली ब्याट्री भएको इन्फिनिक्सको सस्तो मोबाइल नेपालमा

काठमाडौं । स्मार्टफोन ब्राण्ड इन्फिनिक्सले नेपालमा आफ्नो नयाँ इन्फिनिक्स हट नाइन प्ले फोन सार्वजनिक गरेको छ । यो फोनमा ६ हजार एमएएचको ब्याट्री राखिएको छ ।  

हट नाइन प्लेमा ६.८२ इन्चको एचडी प्लस सिनेम्याटिक डिस्प्ले स्क्रीन छ । फोनमा रहेको ६ हजार एमएएचको ब्याट्रीले यो स्क्रीनलाई राम्ररी रन गर्न मद्दत गर्ने दाबी कम्पनीकाे छ ।

यो फोन दुईवटा स्टोरेज भेरियन्टमा पाइन्छ । २ जीबी र्‍याम ३२ जीबी इन्टर्नल स्टोरेज रहेको फाेनको मूल्य ११ हजार चार सय ९० रूपैयाँ रहेको छ । यस्तै ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज रहेको फाेनकाे मूल्य १४ हजार नाै सय ९० रुपैयाँ रहेको छ ।

अगस्ट १२ देखि यो फोन देशका ७७ जिल्लामा नै उपलब्ध छ । यो फोनमा एन्ड्रोइड १० भर्सनको ओपरेटिङ सिस्टम रहेको छ । 

फोनको क्यामेराको कुरा गर्दा यसमा फ्ल्यासलाइटसँग ८ मेगा पिक्सेलको प्राइमेरी क्यामेरा रहेको छ । यस्तै रियर क्यामेरामा १३ मेगापिक्सलको एआई लेन्ससहितको ट्रीपल एलईडी फ्ल्यासलाईट क्यामेरा छ ।

यस फोनमा टू गीगाहर्ज अक्टाकोर मेडियाटेक हेलियो पी २२ (एमटी ६७६२) प्रोसेसर राखिएको छ । यो फोन चारवटा रंगहरु भायोलेट, ओसन वेब, क्विटजल क्यान र मिडनाइट ब्ल्याकमा उपलब्ध छ । 

ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडले नेपाली बजारमा ल्याएको यो फोनलाई कम्पनीले एक वर्षको वारेन्टी दिएको छ । साथै यसको ब्याट्री र चार्जरमा छ महिनाको लागि वारेन्टी पनि दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०