close

माइक्रोसफ्ट फ्लाइट सिमुलेटर एक्स गेम सार्वजनिक

टेकपाना टेकपाना

भदौ २, २०७७ १६:५५

माइक्रोसफ्ट फ्लाइट सिमुलेटर एक्स  गेम सार्वजनिक

काठमाडाैं । माइक्रोसफ्टकाे फ्लाइट सिमुलेटर एक्स गेम सार्वजनिक भएको छ । सन् १९९० को पुस्तादेखि नै लोकप्रिय यो गेम सन् १९७० मा निर्माण गरिको थियो । हवाई उडान तालिमको रुपमा निर्माण गरिएको यो प्रोग्राम तयार हुँदा बिल गेट्ससमेत चकित परेका थिए ।

किनभने त्यतिबेलासम्म विण्डोज नै बनेको थिएन । त्यसैले पनि यसलाई सिमुलेटर ट्रेनिङ प्रोग्राम भन्दा पनि भिडियो गेमको रुपमा बजारीकरण गरिएकाे थियाे ।

हवाईजहाज उडाएर खेलिने यो गेम अब भने विण्डोज, म्याक र एक्सबक्सका डिभाइसमा उपलब्ध भएको छ । जसमार्फत् प्रयोगकर्ताले विश्वकै चर्चित प्लेन ३६ सय वटा विमानस्थलमा उडान तथा अवतरण गराउन सक्नेछन् ।

साथै प्लेनबाटै भर्चुअल रुपमा विश्व भ्रमण गर्न सकिन्छ । यो गेम स्ट्यान्डर्ड, डिलक्स र प्रिमियम गरी तीन फरक-फरक भर्सनमा उपलब्ध छ । जसको मूल्य क्रमश: ५९.९९ डलर, ८९.९९ डलर र ११९.९९ डलर राखिएको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०