close

आफ्नो आईटी प्रडक्ट सिफारिस गरिदिनेलाई क्रिएटिभले ५ हजार कमिसन दिने

टेकपाना टेकपाना

भदौ ८, २०७७ १८:५४

आफ्नो आईटी प्रडक्ट सिफारिस गरिदिनेलाई क्रिएटिभले ५ हजार कमिसन दिने

काठमाडौं । सूचना प्रविधिसम्बन्धी विभिन्न काम गर्दै आएको कम्पनी क्रिएटिभ कर्पोरेशनले आफ्नो सेवा प्रयोग गर्न सिफारिस गर्ने हरेकलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने योजना ल्याएको छ ।

इन्टरप्राइज बिजनेश सोलुसन्स प्रदान गर्दै आइरहेको यस कम्पनीले आईटी कन्सल्टेसनदेखि डिजिटल प्रोसेस अटोमेसनसम्मका काम गर्दै आइरहेको छ ।

कम्पनीले शिक्षण संस्था, बैंकिङ क्षेत्र, गैरसरकारी संस्था र व्यवसायिक घरानाका लागि प्रडक्ट र सर्भिस प्रदान गर्दै आएको कम्पनीका सीईओ राजेन्द्र ढकालले जानकारी दिए ।

‘हामीले चौधरी ग्रुप, सिप्रदीलगायतका व्यवसायिक घरानाका साथै हरेक संस्था र कार्यालयका लागि आवश्यक सूचना प्रविधि सेवा उपलब्ध गराउँदै आएका छौं । एप्लिकेशन डेभलपमेन्ट र मेन्टेनेन्स, वेबसाइट डिजाइन र मेन्टेनेन्स, क्लाउड सर्भर र डेटा सर्भर, ओपन सोर्स डेभलपमेन्ट, बिजनेश प्रोसेस म्यानेजमेन्ट लगायतका काम गरिरहेका छौं,’ उनले भने ।

कम्पनीले कम्पनीको कुनै पनि सेवा अन्य व्यक्ति वा संस्थालाई सिफारिस गरेमा हरेकले पाँच हजार प्राप्त गर्ने छन् । यसका लागि कम्पनीको ईमेल, फेसबुकवेबसाइटमार्फत अनुरोध गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३