close

शैक्षिक संस्थालाई डिजिटल बनाउन अढाई लाखसम्मको अनुदान दिँदै फ्यूज मसिन

टेकपाना टेकपाना

भदौ १५, २०७७ २०:१६

शैक्षिक संस्थालाई डिजिटल बनाउन अढाई लाखसम्मको अनुदान दिँदै फ्यूज मसिन

काठमाडाैं । फ्यूज मसिन इन्कले स्कूलहरुलाई डिजिटल क्षमता सहित सञ्चालन गर्न शैक्षिक डिजिटलीकरण अनुदान कार्यक्रम सुरु गरेको छ । छानिएका स्कूल तथा कलेजहरुलाई प्रतिसंस्था दुई लाख ५० हजार रुपैयाँसम्मको गैर नगद अनुदान उपलब्ध गराउने गरी यो कार्यक्रम ल्याइएको हो ।

यस किसिमको अनुदान ‘फ्यूज क्लासरूम प्लेटफर्म’ प्रयोग गर्नमा प्रयोग हुनेछ । फ्यूज क्लासरूमले अहिले कोभिड १९ को प्रभावसँग जुधिरहेका नेपालभरका शैक्षिक संस्थाहरुलाई डिजिटलीकरण गर्न सहयोग पुर्‍याउँदै आएको छ।

यसले कलेज र विद्यालयहरुलाई पूर्ण रुपमा अनलाइन कक्षा सञ्चालन गर्न तथा मिश्रित विधि प्रयोग गर्न योग्य बनाउनेछ । साथै विद्यार्थीहरुलाई ती शैक्षिक संस्थाले यसअघि दिनसक्ने समयभन्दा फरक समयमा कक्षा लिन सकिने लचकताका प्रदान गर्ने भएकाले यसबाट उनीहरुले पर्याप्त लाभ उठाउन सक्नेछन् ।

नेपालजस्ता विकासशील देशका शैक्षिक संस्थाहरुका लागि यसले विद्यार्थीहरुलाई शिक्षा प्राप्त गर्न सजिलो र कम खर्चिलो बनाउँदै प्रभावकारी बनाउन समेत मद्दत गर्ने कम्पनीकाे विश्वास छ ।

नेपालमा दर्ता भएका र कोभिड १९ भन्दा अगाडि एक सयभन्दा बढी विद्यार्थीहरुका लागि नियमित कक्षा चलाइरहेका जुनसुकै स्कूल यो अनुदान कार्यक्रममा सहभागीता जनाउन सक्नेछन् ।

यसका लागि आगामी भदाै ३० गतेसम्म आवेदन दिइसक्नुपर्ने छ। ईमेल गरेर तथा कम्पनीको वेबसाइटमा गएर यस विषयमा थप जानकारी लिन सकिनेछ।

फ्यूज मसिन आर्टिफिसियल इन्टेलिजेन्स-एआई (कृतिम बौद्धिकता) प्रविधिमा आधारित शिक्षा र प्रतिभा उत्पादनमा अग्रणी कम्पनी हो छ। फ्यूज मसिनको नेपाल, अमेरिका, क्यानडा र डोमिनिकन रिपब्लिक गरी चार देशमा उपस्थिति रहेको छ ।

फ्यूज मसिन एआईमा आधारित आफ्नो दक्षताबाट नेपाल र विश्वभरका शैक्षिक संस्थाहरुलाई रुपान्तरण गर्ने अभियानमा जुटेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०