close

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकको खाता परिवर्तन, कारोबार पुरानै चेक र एटीएमबाट गर्न सकिने

टेकपाना टेकपाना

भदौ २१, २०७७ १५:२४

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकको खाता परिवर्तन, कारोबार पुरानै चेक र एटीएमबाट गर्न सकिने

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । १२ अंकको खाता नम्बरलाई बैंकले परिवर्तन गरेर १६ अंक कायम गरिएको जनाएको छ ।

यसअघि रहेको १२ अंकको खाता नम्बर परिवर्तन गरेर बैंकले १६ अंकको बनाएको हो । बैंकले मोबाइल बैंकिङ, एसमएस बैंकिङ, ईन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरु उपयोगका लागि प्रयोग भएको साबिकको खाता नम्बरहरु प्रतिस्थापन गरी बैंकबाटै नयाँ खाता नम्बर अद्यावद्यिक भएकाे हाे ।

नयाँ खाताको कारोबार ग्राहकले हाल प्रयोग गरिरहेको चेक एटीएमबाटै गर्न सकिने पनि बैंकले जनाएको छ ।

परिवर्तन भएको खाता नम्बर सम्बन्धी नयाँ जानकारी बैंकको वेबसाइट, मोबाइल बैंकिङ तथा ईन्टरनेट बैंकिङ सेवाबाट पनि लिन सकिने व्यवस्था रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०