close

दुई महिनामै नेपालमा साढे ६ लाखले बढे इन्टरनेट प्रयोगकर्ता

टेकपाना टेकपाना

भदौ २३, २०७७ १९:८

दुई महिनामै नेपालमा साढे ६ लाखले बढे इन्टरनेट प्रयोगकर्ता

काठमाडौं । नेपालमा कुल जनसंख्याको ७४.४३ प्रतिशतले इन्टरनेट सेवा प्रयोग गर्ने तथ्य आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस रिपोर्टमा दुई करोड २२ लाख ३७ हजार पाँच सय ६७ जनाले इन्टरनेट चलाउने उल्लेख छ ।

यो गत असार मसान्तसम्मको तथ्याकं हो । यसअघि जेठ महिनामा कुल दुई करोड १८ लाख तीन हजार तीन सय ४५ ले इन्टरनेट चलाएको प्रतिवेदन एनटीएले निकालेको थियो । त्यस्तै प्राधिकरणले वैशाख मसान्तसम्म दुई कराेड १५ लाख ७६ हजार पाँच सय ७७ जनाकाे पहुँचमा इन्टरनेट पुगेकाे तथ्यांक ल्याएकाे थियाे ।

यसअनूरूप वैशाखदेखि असार मसान्तसम्म २.२१ प्रतिशत अर्थात् ६ लाख ६० हजार नाै सय ९० ले इन्टरनेट प्रयाेगकर्ता बढेका छन् । जेठदेखि असार मसान्तसम्म १.४५ प्रतिशतले इन्टरनेट प्रयाेगकर्ताकाे संख्या बढेकाे छ ।

पछिल्लो प्रतिवेदनअनुसार मोबाइल ब्रोडब्यान्डतर्फ सबैभन्दा बढी ५५.३० प्रतिशतले इन्टरनेट चलाउँछन् । त्यस्तै फिक्स्ड ब्रोडब्यान्ड (वायर्ड)तर्फ १८.३५ प्रतिशत र फिक्स्ड ब्रोडब्यान्ड (वायरलेस) तर्फ ०.३९ प्रतिशतले इन्टरनेट चलाउँछन् ।

कुल इन्टरनेट प्रयोगकर्तामध्ये नेपाल टेलिकमका एक करोड आठ लाख २५ हजार आठ सय ५४ ग्राहक रहेका छन् । त्यसैगरी दोस्रो स्थानमा रहेको एनसेलको ६७ लाख १० हजार चार सय ८८ ग्राहक रहेका छन् ।

त्यस्तै इन्टरनेट सेवा प्रदायकहरुले कुल ४४ लाख ९८ हजार ७७ जना ग्राहक बनाएका छन् । आईएसपीतर्फ सबैभन्दा बढी वर्ल्डलिंकका तीन लाख ७५ हजार आठ सय ३३ ग्राहक रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०