close

अडियो डीएम फिचर सुरु गर्दै ट्वीटर

टेकपाना टेकपाना

भदौ २८, २०७७ २०:५९

अडियो डीएम फिचर सुरु गर्दै ट्वीटर

काठमाडौं । ट्वीटरले अडियो डीएम फिचर सुरु ल्याउने भएको छ । माइक्रो ब्लगिङ साइट ट्वीटरले यो सेवा ब्राजिलमा केही प्रयोगकर्तामाझ परीक्षण समेत थालिसकेको सोसल मिडिया टुडेले जनाएको छ ।

सामाजिक सञ्जाल विज्ञ नाभर्राले पोस्ट गरेको स्क्रिन शटमा देखाइए अनुसारको अप्सनलाई ट्वीटरले अडियो म्यासेजिङको नाम दिएको छ ।

Twitter audio DMs

जसले प्रयोगकर्तालाई अडियो रेकर्ड गर्ने र डीएममार्फत पठाउन सुविधा दिनेछ । मोबाइल डेभलपर अलेसान्द्रो पलुजीले समेत यस अघि नै ट्वीटरको ब्याक ईण्ड कोड पत्ता लगाएका थिए ।

उनले डीएम अडियो रेकर्डिङ सिक्वेन्सका तीन वटा तस्वीर सार्वजनिक गरेका थिए । तस्वीरमा देखिए अनुसार नियमित ट्वीटको क्यारेक्टर लिमिट जस्तै अडियो डीएममा १४० सेकेन्डको सीमितता हुनेछ ।

Twitter DM audio

जसका लागि म्यासेज कम्पोजरको दायाँतर्फ रेकर्डिङ बटन राखिएको छ । यद्यपी फाइनल भर्सन यस्तै देखिने छ वा फरक किसिमको हुनेछ भन्ने कुरा चाहिँ अहिले नै भन्न सकिने अवस्था छैन ।

तर ट्वीटर यो नयाँ अप्सन ल्याउने अन्तिम चरणमा रहेको कुरा भने स्पष्ट भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०