close

टेकपाना ‘गिभ अवे’ को विजेता घोषणा, क-कसले के पाए ?

टेकपाना टेकपाना

असोज २, २०७७ १८:१८

टेकपाना ‘गिभ अवे’ को विजेता  घोषणा, क-कसले के पाए ?

काठमाडौं । टेकपाना मिडियाले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा राखेको गिभ अवे अन्तर्गत विजेताहरुको नाम घोषणा गरिएको छ ।

फेसबुक लाइभमार्फत घोषणा गरिएको गिभ अवेमा कुल १४ जनाले उपहार जितेका छन् ।
विजेताहरुले असाेज १० गतेभित्र टेकपानाको अफिसियल फेसबुक पेजमा म्यासेज गर्नुपर्ने छ ।

यसअन्तर्गत नियो स्टोरबाट एक थान आईलाइफ जेड एयरबुक ल्यापटप कुशल लामिछानेले जितेका छन् ।

आईएमएस ग्रुपको तर्फबाट सामसङ एम इलाभेन स्मार्टफोन मनिष पण्डितले जितेका छन् ।

त्यस्तै एक वर्षका लागि नेट टिभी सहित वर्ल्डलिंक कम्युनिकेशन्सको ६० एमबिपिएस इन्टरनेट गोकुल जोशीले प्राप्त गरेका छन् ।

त्यस्तै निःशुल्क जडान सहित डीसहोमको एक वर्षे प्याकेज योगेश पौडेलले जितेका छन् ।

एक वर्षका लागि टिभी सेवासहित क्लासिक टेकको ३५ एमबिपिएस इन्टरनेट साहिल ठकुरीले जितेका छन् ।

एक वर्षका लागि क्लियर टिभी सेवासहित सुबिसुको ३० एमबीपीएस इन्टरनेट म्याड्रिस्टा रुकेजले प्राप्त गरेका छन् ।

त्यस्तै फेसबुकमा दिप नामको अकाउन्ट प्रयोगकर्ताले एक वर्षका लागि टिभी सेवा सहित भायनेट कम्युनिकेशन्सको ३० एमबीपीएस इन्टरनेट प्राप्त गरेका छन् ।

ग्यापु मार्केटप्लेसको प्रदान गर्ने ५ हजार रुपैयाँको शपिङ र्भाैचर भने रोमन बस्नेतले जितेका छन् ।

त्यस्तै किताब यात्राबाट पाँच हजार रुपैयाँ बराबरको पुस्तक रजनी आचार्यले जितिन् ।

त्यस्तै सन्नी शाही, अजित लिई, सञ्जिब श्रेष्ठ, सजिना खरेल र सुशान्त मैनालीले ईसेवा वालेटबाट एक हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

थप जानकारीका लागि याे भिडियाे हेर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०