close

कीर्तिपुर नगरपालिकामा डिजिटल सिग्नेचरको प्रयोगबारे अन्तर्क्रिया सम्पन्न

टेकपाना टेकपाना

असोज ८, २०७७ १७:४३

कीर्तिपुर नगरपालिकामा डिजिटल सिग्नेचरको प्रयोगबारे अन्तर्क्रिया सम्पन्न

काठमाडौं । कीर्तिपुर नगरपालिकामा डिजिटल सिग्नेचरको प्रयोगका विषयमा एक अन्तर्क्रियात्मक कार्यक्रम गरिएको छ । डिजिटल सिग्नेचरको सर्टिफाइड कम्पनी रेडियन्ट इन्फोटेकले नगरपालिका प्रमुख रमेश महर्जन सहितका पदाधिकारी समक्ष प्रस्तुतीकरण गरेको थियो ।

सो अवसरमा नगरपालिकामा सञ्चालनमा रहेको इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टममा प्रयोगकर्ता तथा कारोबारलाई आधिकारिकता प्रदान गर्ने र विद्युतीय सेवालाई थप पारदर्शी बनाउन डिजिटल सिग्नेचरको प्रयोगका सन्दर्भमा रेडियन्ट इन्फोटेक कम्पनीका प्रबन्ध निर्देशक दीपक भण्डारीले जानकारी गराएका थिए ।

कार्यक्रममा डिजिटल सिग्नेचरको प्रयोगले नगरपालिकाका दैनिक कामकाजमलाई सरल, सहज र प्रभावकारी बनाउन उपयुक्त हुने र शीघ्र यसलाई औपचारिक रुपमा लागू गर्ने सम्बन्धमा पनि छलफल भएकाे थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०