close

बिहीबारदेखि सीमित हुँदै गुगल मिटको निःशुल्क भर्सन

टेकपाना टेकपाना

असोज १२, २०७७ १०:४१

बिहीबारदेखि सीमित हुँदै गुगल मिटको निःशुल्क भर्सन

काठमाडौं । गुगल मिटका प्रयोगकर्ताले बिहीबारदेखि अनलिमिटेड समयावधीको सुविधा प्रयोग गर्न नपाउने भएका छन् । कम्पनीले अक्टुबर १ देखि लागू हुने गरी गुगल मिटको टाइम लिमिट ६० मिनेट निर्धारण गरेको हो ।

गत अप्रिलमा नै गुगलले टिमको फ्री भर्सनको समयसीमा ६० मिनेटसम्म रहने घोषणा गरेको थियो । यद्यपि कोभिड १९ को महामारीका कारण धेरै मानिसहरु घरबाटै अफिसको काम गरिरहेको अवस्थालाई मध्यनजर गर्दै यो समयसीमा ३० सेप्टेम्बरसम्म लागू नहुने निर्णय गरिएको थियो ।

अब सय जनासम्मले जोडिएर अनलिमिटेड रुपमा गुगल मिटको सुविधा बुधबारसम्म मात्रै उपयोग गर्न पाउने छन् । गुगलका प्रवक्ताले द भर्जसँग प्रोमो तथा एडभान्स फिचरको निःशुल्क उपलब्धता अन्त्य गर्ने बाहेक अन्य जानकारी नरहेको बताएका छन् ।

यसअघि गुगलले आफ्नो मिट एपमा एउटा नयाँ फिचर समावेश गरेको थियो, जसमार्फत प्रयोगकर्ताले अटो तथा टाइल्ड अप्सनमा एकसाथ ५९ जनासम्म सहभागीलाई देख्न सकिन्छ । यसका साथै मिटमा कन्फ्रेन्स चलिरहँदा यसको टाइटल भ्युमा होस्टलाई समेत देख्न सकिन्छ ।

जी स्वीटका सबै ग्राहक तथा गुगल मिटमा आफ्नो प्राइभेट अकाउण्ट भएका प्रयोगकर्ताका लागि यी दुई फिचर उपलब्ध गराइएको छ । गुगलले एक ब्लग पोस्टमा अब टाइटल भ्युमा तपाईंले स्वयम्‌लाई समेत देख्न सक्ने बताएको थियो ।

खास गरेर जब तपाईं स्क्रिनशट वा फोटो लिनुहुन्छ, त्यस बखत यसले तपाईंलाई आफू पनि त्यो ठूलो कन्फ्रेन्सको हिस्सा भएको अनुभुती दिलाउने । यो नयाँ फिचरसँगै गुगल मिटका प्रयोगकर्ताले एउटा स्लाइडरको सहयोगमा आफ्नो देखिँदै गरेको टाइटललाई संयोजन गर्न सक्नेछन् ।

अर्थात यदि सहभागीहरु धेरै छन् भने यसबाट घटाउन पनि सकिन्छ र हरेक पटक मिटिङ गर्दाको समयमा आफ्नो तरिकाले यसलाई कम्बाइन पनि गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०