close

प्रति सेकेण्ड ६० फ्रेम फोरके भिडियो खिच्ने सोनी क्यामेरा आउँदै, यस्ता छन् अन्य फिचर

टेकपाना टेकपाना

असोज १४, २०७७ १७:२६

प्रति सेकेण्ड ६० फ्रेम फोरके भिडियो खिच्ने सोनी क्यामेरा आउँदै, यस्ता छन् अन्य फिचर

काठमाडौं । सोनी ए सेभेन आईभी (चौथो) काे केही फिचर लिक भएकाे छ । मिड रेन्ज मोडलको यो क्यामेरामा ब्राण्ड न्यू ३० मेगा पिक्सेल सेन्सर, डुअल एसडी कार्ड र सीएफएक्सप्रेस टाइप ए मेमोरी कार्ड स्लट रहेका छन् । 

सोनीमा नयाँ मेनु सिस्टम छ भने यसले ६० फ्रेम प्रति सेकेण्डको फोर के भिडियो लिन सक्छ । भिडियो लिने क्रममा क्यामेरा तात्तिने जस्ता समस्या देखा नपर्ने बताइएकाे छ । 

सोनी ए सेभेन चौंथो क्यामेरा ए सेभेन सिरिजको सफल तेस्रो क्यामेरापछिको नयाँ मोडल हो ।  ए सेभेन तेस्रो क्यामेरा अघिल्लो वर्ष २०१८ मा सार्वजनिक भएको थियो ।

उक्त क्यामेरा निकै नै सफल र राम्रो मानिन्छ । तेस्रो मोडल फुल फ्रेम अल्फा फ्यामिली भित्रको सबैभन्दा सानो क्यामेरा मानिन्थ्यो । तर, अहिले यसको स्थान ए सेभेन सी मोडलले लिइसकेकाे छ ।

उक्त क्यामेरामा फ्लिप स्क्रिन र राम्रो अटोफोकस थियो, तर यसको स्टेबलाइजेसनलाई भने खराब मानिन्छ । 

नयाँ क्यामेरा सोनी ए सेभेन चौंथोमा विङ्गल रुम ठूलो छ । फिचरको मामिलामा यो क्यामेरा एकदमै बोल्ड छ ।

लिक भएको रिपोर्ट अनुसार यसको रेज्युलेसन यसको पूर्ववर्ती मोडल ए सेभेन तेस्रो र ए सेभेन सीको भन्दा राम्रो रहेको छ ।  

ए सेभेन चौंथो मोडलमा ए सेभेन एस तेस्रोको सुधारिएको लेआउट र टच इन्पुट रहेको छ । 

यसले फोरके भिडीयो प्रति सेकेण्ड ६० फ्रेमसम्म खिच्न सक्छ, जुन क्यानन ईओएस आर फाइभ, क्यानन ईओएस आर सिक्स र फुजिफिल्म एक्स टी फोर जस्ता क्यामेराले खिच्न सक्दैन ।

यति धेरै फ्रेम खिच्दा पनि यसमा तात्तिने समस्या भने नआउने रिपोर्टमा उल्लेख छ । 

यो हाईब्रिड सूटर तथा कन्टेन्ट क्रिएटरहरुका लागि एकदमै राम्रो क्यामेरा हो । 

लिक भएको रिपोर्ट अनुसार यसको बडी ए सेभेन तेस्रोको तुलनामा ठूलो र सजिलो छ । यसमा ३.६८ एम डट इभीएफ र १.४४ एम डट एलसीडी रहेको छ ।

यसमा नयाँ विकसित ३० मेगापिक्सलको सेन्सर रहेको छ । यदि यी फिचरहरु लिक रिपोर्ट अनुसार सत्य हुन् भने यो क्यामेराको मूल्य २ हजार ४९९ अमेरिकी डलर रहने छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०