close

हाम्रो पात्रोमा नयाँ अपडेट आउँदै, अब प्रयोगकर्ताले चाहेजस्तै न्युज फिड बनाउन सक्ने

टेकपाना टेकपाना

असोज १४, २०७७ २१:३३

हाम्रो पात्रोमा नयाँ अपडेट आउँदै, अब प्रयोगकर्ताले चाहेजस्तै न्युज फिड बनाउन सक्ने

काठमाडौं, २७ भदौ । नेपालकै सबैभन्दा लोकप्रिय एप हाम्रो पात्रोले समाचार फिचरमा नयाँ अपडेट ल्याउने भएको छ । प्रयोगकर्ताले समाचार स्रोत र विषयवस्तु रोज्न सक्ने गरी हाम्रो पात्रोले यो नयाँ फिचर ल्याउन लागेको हो ।

बिहीबारदेखि एन्ड्रोइड बेटामा उपलब्ध हुने यो फिचर आईओएस बेटामा यसै हप्ताको अन्त्यसम्म आउनेछ । यसका लागि हाम्रो पात्रोको डेभलपर टिमले दुई महिनादेखि काम गर्दै आएको छ । 

अर्को साता यो फिचर सहितको फुल भर्सन सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले जानकारी दिए । 

एपमा रहेको समाचार खण्डभित्र अब ‘फर यू’ अर्थात ‘तपाईंका लागि’ नामक नयाँ अप्सन हुनेछ । जसमार्फत प्रयोगकर्ताले मन परेका समाचार माध्यम (न्युज पोर्टल) रोजेर आफूले चाहेको समाचार प्राप्त गर्न सक्नेछन् । 

यो फिचरको सहयोगमा आफ्नो व्यक्तिगत रुची र प्राथमिकताअनुसारको छुट्टै न्युज फिड तयार पार्नसकिने हाम्रो पात्रो इंकले जनाएको छ ।

उदाहरणको लागि यदि कुनै प्रयोगकर्ताले स्पोर्ट्स (खेलकुद) सम्बन्धी समाचार हेर्न चाहनुहुन्छ भने उहाँले स्पोर्ट्स क्याटेगरीमा गएर समाचार स्रोत छनौट गर्न सक्नुहुनेछ ।

यो वर्ष हाम्रो पात्रो मुख्यतः पर्सनलाइजेसन (प्रयोगकर्ताको व्यक्तिगत रोजाइमा आधारित) फिचरहरुमा केन्द्रीत रहेर काम गरिरहेको छ । जसअन्तर्गत “फर यू” नै कम्पनीको पहिलो प्रयास हो । 

हाम्रो पात्रोले सन् २०१४ मा पहिलो पटक समाचार पढ्न सकिने फिचर समावेश गरेको थियो । हाल यो फिचर हाम्रोपात्रो एपकै लोकप्रिय मध्येको एक फिचर बनिसकेको छ । एपमा हाल विभिन्न चर्चित अनि लोकप्रिय ६० भन्दा बढी न्युज पार्टनर (सञ्चार माध्यम) रहेका छन् । 

समाचार माध्यमहरु धेरै हुँदा प्रयोगकर्ताले आफ्नो रोजाइको समाचार फेला पार्न कठिनाई महसुस गर्दै आएका छन् ।

प्रयोगकर्ताको यस्तै किसिमको समस्यालाई मध्यनजर गर्दै कम्पनीले यो नयाँ फिचर ल्याएको हो ।हाम्रो पात्रोको मोबाइल एप डाउनलोड ग र्न आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् र एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् ।

हाल हाम्रो पात्रोमा दैनिक १४ लाख तथा मासिक ६५ लाख सक्रिय प्रयोगकर्ता रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०