close

ईफार्मले सुरु गर्‍यो खसी, लोकल कुखुरा र कालिजको बुकिङ, दशैंमा होम डेलिभरी

टेकपाना टेकपाना

असोज १९, २०७७ १०:३७

ईफार्मले सुरु गर्‍यो खसी, लोकल कुखुरा र कालिजको बुकिङ, दशैंमा होम डेलिभरी

काठमाडौं । ईफार्मले अनलाइनबाटै मासुजन्य पदार्थको बुकिङ सुरु गरेको छ । अर्गानिक खाद्य वस्तुको ईकमर्सको रुपमा रहेको ईफार्मले खसी, च्याङग्रा, लोकल कुखुरा, कालो (कडकनाथ) कखुरा र कालिजको बुकिङ सुरु गरेको हो ।

ईफार्मका संस्थापक प्रमेश्वर श्रेष्ठले धनकुटा, बैतडी, उदयपुर, सल्यान लगायतका पहाडी जिल्लाबाट ल्याएका खसी, मुस्ताङको च्याङग्रा, नुवाकोटको कुखुराको होम डेलिभरी दिइने बताइए । प्रि-बुकिङमा जिउँदो खसी, च्याङग्रा र  सिङ्गै खसी लैजान नसक्नेहरुले पाँच केजीभन्दा माथीको अर्डर दिन सक्नेछन् ।

ईफार्मले पाँच हजार रुपैयाँ अग्रिम भुक्तानी गरेको खण्डमा १० प्रतिशतसम्म छूट दिने योजना पनि ल्याएको छ । ईफार्मको फेसबुक पेज तथा इन्स्टाग्राममा च्याट गरेर र वेबसाइटबाट र ९८०१८५५५०५ मा फोन गरेर पनि बुकिङ गर्न सकिनेछ ।

वेबसाइटको प्रि बुकिङको अप्सनमा गएर आफ्नो जानकारी भरेर अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । ‘हाम्रो आफ्नै मासु काट्ने ठाउँ छ, त्यहाँ आएर उपभोक्ता आफैंले खसी तथा च्याङ्ग्रा रोजेर लैजान सक्नेछन्,’ श्रेष्ठले भने ।

सामाजिक सञ्जालमार्फत भिडियो कल गरेर पनि खसी तथा च्याङग्रा हेरेर, रोजेपछि जिउँदो चाहे जिउँदै र काटेर चाहे काटेरै होम डेलिभरी दिने योजना कम्पनीको छ । कोरोनाको समय भएकाले भर्चुअल बुकिङलाई नै कम्पनीले जोड दिएको छ ।

उपभोक्ता फार्ममै आउन चाहेको खण्डमा भौतिक दुरी कायम गरेर एक/एक जनालाई मात्र फार्म प्रवेश गराइने श्रेष्ठले बताए । करिब ११ रोपनी जग्गामा ईफार्मको आफ्नै खसी फार्मसँगै खसी काट्ने, सफा गर्ने, मासु काट्ने ठाउँ पनि छुट्टै रहेको छ ।      

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०