close

मिस युनिभर्स नेपाल २०२० को आवेदन मोबाइल एपबाटै

टेकपाना टेकपाना

असोज २३, २०७७ १०:६

मिस युनिभर्स नेपाल २०२० को आवेदन मोबाइल एपबाटै

काठमाडौं । मिस युनिभर्स नेपाल २०२० का आवेदन एपमार्फत नै दिन सकिने भएको छ । त्यसका लागि मिस युनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठद्वारा स्थापित मिस युनिभर्स संगठनले बिहीबार उक्त एप सार्वजनकि गरेकाे छ ।

एप सार्वजनिक भएसँगै उक्त प्रतियोगितामा सहभागिताका लागि आवेदन समेत खुल्ला गरिएकाे छ ।

मिस युनिभर्स नेपाल २०२० को ताजको पुरस्कार राशी १० लाख रहने छ, जुन नेपालको परिवेशमा आझसम्मकै ठूलो हुने आयोजकको दाबी छ ।

उक्त प्रतियोगितामा कद, तौल, भाषा आदि कुनै पनि आधारमा प्रतिबन्ध नलगाइए जनाइएको छ ।साथै पारलैंगिक सहभागीहरुका लागि समेत खुला रहेको आयोजकले जनाएको छ ।

एपमा प्राप्त हुने प्रथम २० आवेदनहरु निःशुल्क रहनेछन् भने त्यसपश्चातका पाँच हजार आवेदनको शुल्क नेपाली नागरिकका लागि १००० र गैरनेपालीका लागि ५० डलर रहनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४