close

प्रभु डिजिटल अबदेखि पब्लिक कम्पनी

टेकपाना टेकपाना

असोज २२, २०७७ २१:४५

प्रभु डिजिटल अबदेखि पब्लिक कम्पनी

काठमाडौं । इन्टरनेट तथा डिजिटल टेलिभिजन प्रदायक प्रभु डिजिटल प्रालि पब्लिक कम्पनीमा रूपान्तरण भएकाे छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हालै प्रभु डिजिटललाई पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको छ ।

टेलिभिजन, आईपीटीभी र ओटीटी सेवा सञ्चालन गरिरहेकाे कम्पनीले विभिन्न ठाउँमा इन्टरनेट सेवा पनि सँगै विस्तार गरिरहेकाे छ ।

प्रभु ग्रूप अन्तर्गतको कम्पनीकाे रूपमा यसले कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम पनि संशोधन गरिसकेको छ ।

याेसँगै अब कम्पनीलाई सर्वसाधारणका लागि सार्वजनिक शेयर निष्कासन गर्ने बाटो खुल्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४