close

सधैंका लागि यसरी म्युट गर्नुहोस् ह्वाट्सएपको च्याट

टेकपाना टेकपाना

कात्तिक १, २०७७ १७:५९

सधैंका लागि यसरी म्युट गर्नुहोस् ह्वाट्सएपको च्याट

काठमाडौं । यदि तपाईं चाहनुहुन्छ भने एन्ड्रोइड स्मार्टफोनमा ह्वाट्सएप च्याटलाई सधैंका लागि म्युट गर्न सक्नुहुन्छ । यसअघि च्याट म्युट गर्न आठ घण्टा, एक हप्ता र एक वर्षको विकल्प दिइएको थियो । अब भने तपाईं एक वर्षको विकल्पको ठाउँमा सधैंका लागि म्युट गर्न पाउनुहुनेछ ।

हाललाई एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध यो फिचर चाँडै आईओएस प्रयोगकर्ताका लागि समेत जारी हुने आशा गरिएको छ । यदि तपाईंको फोनमा ह्वाट्सएपको पछिल्लो भर्सन छैन भने एन्ड्रोइड प्ले स्टोरमा गएर अपडेट गर्न सक्नुहुन्छ ।

सधैंका लागि म्युट गर्ने कसरी ?
यसका लागि सबैभन्दा पहिला आफ्नो ह्वाट्सएप खोल्नुहोस् र आफूले सधैंका लागि म्युट गर्न चाहेको च्याटमा केहीबेर दबाएर राख्नुहोस् ।

यसो गर्दा माथि केही आईकन देखिनेछन् । त्यसमा साउन्डको म्युट आइकनमा थिच्नुहोस् ।

अब त्यहाँ तपाईंले तीनवटा विकल्प देख्नुहुनेछ । जसमध्ये अलवेज अप्सन छान्नुहोस् । यसो गर्दा उक्त च्याट सधैंका लागि म्युट हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३