close

तपाईं जान चाहेको स्थान कत्तिको व्यस्त छ, अब गुगलले नै बताउनेछ

टेकपाना टेकपाना

कात्तिक ३, २०७७ ७:५७

तपाईं जान चाहेको स्थान कत्तिको व्यस्त छ, अब गुगलले नै बताउनेछ

काठमाडौं । अब चाँडै गुगल म्यापमा प्रयोगकर्ताले व्यस्त स्थानको बारेमा जानकारी प्राप्त गर्न सक्ने भएका छन् । यसबाट तपाईंले कुनै निश्चित स्थान कत्तिको व्यस्थ छ भन्ने कुराको जानकारी लिन सक्नुहुनेछ ।

कम्पनीका अनुसार यो फिचर चाँडै विश्वभरका एन्ड्रोइड, आईओएस र डेस्कटप प्रयोगकर्ताका लागि सार्वजनिक हुनेछ । आउँदो महिना प्रयोगकर्ताले लाइभ भ्यू फिचर प्रयोग गर्न पाउनेछन् ।

यो यस्तो फिचर हो, जसले अग्मेन्टेड रियालिटी (एआर) को प्रयोग गर्दै सहरको चारै तर्फको बाटो खोज्न सहयोग गर्नेछ । यसबाट रेस्टुरेन्ट, स्टोर, व्यवसाय आदिको जानकारी समेत प्राप्त गर्न सकिनेछ ।

गुगलले सर्च अफ २०२० को इभेन्टमार्फत म्यापमा नयाँ परिवर्तन ल्याउनेछ । म्यापमा बिजिनेस फिचर पनि उपलब्ध हुनेछ ।

जसमार्फत प्रयोगकर्ताले आफ्नो व्यस्तताको बारेमा जानकारी शेयर गर्न सक्नेछन् । यो फिचरको सहयोगमा प्रयोगकर्ताले कुनै पनि स्थानमा रहेर आफू कत्तिको व्यस्त छु भन्ने कुरा जनाउन सक्नेछन् ।

कम्पनीले यसअघि सन् २०१६ सालमा सार्वजनिक गरेको थियो । गुगलले विश्वभरका लाइभ व्यस्तताको जानकारी विस्तार गर्न काम गरिरहेको बताएको थियो ।

यसको विस्तारबाट समुद्री तट, पार्क, बाहिरी क्षेत्र, ग्रोसरी, ग्याँस स्टेसन, फार्मेसी आदि जस्ता महत्वपूर्ण स्थान समेटिनेछन् । गुगलका अनुसार यसको सहयोगमा कोभिड नियन्त्रण गर्न सहयोग पुग्ने आशा गरिएको छ ।

एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले चाँडै व्यवसायको बारेमा थप जानकारी लिनका लागि गुगल म्यापमा लाइभ भ्यू सुविधाको उपयोग गर्न पाउनेछन् । यसका साथै गुगल म्यापमा अब लेयर बटनमा कोभिड १९ इन्फो फिचर समेत आएको छ ।

यो फिचरमार्फत तपाईंले कोभिडिको अवस्था अनुसार यसमा भिन्नता देख्नुहुनेछ । यसले कुनै निश्चित क्षेत्रमा एक लाख मानिसमा सात दिनको अवधिमा कति वटा नयाँ संक्रमित थपिए भन्ने कुराको औषत जानकारी दिनेछ ।

यसबाट तपाईंले कोरोना संक्रमितको संख्या बढिरहेको छ वा घटिरहेको छ भन्ने कुराको जानकारी लिन पाउनुहुनेछ । गुगल म्याप सपोर्ट गर्ने २२० देशमा यो ट्रेन्डिङ म्याप डेटाले कन्ट्री लेभल देखाउनेछ । यसमा राज्यदेखि शहर स्तरसम्मको डेटा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३