आज राति टेलिकमको सेवामा पुनः समस्या आउने

काठमाडौं । आज राति टेलिकमको सेवामा समस्या आउने भएको छ । सिस्टम मर्मत सम्भारका कारण कम्पनीका केही सेवामा समस्या आउने सक्ने भन्दै टेलिकमले यससम्बन्धी सूचना जारी गरेको हो ।

कम्पनीका अनुसार बिलिङ सिस्टम मर्मत सम्भारका क्रममा ३ गते बिहीबार बिहान २ बजेदेखि ३ः३० बजेसम्म टेलिकमको सेवामा समस्या आउन सक्नेछ । त्यस अवधिमा रिचार्ज, प्याकेज सब्सक्रिप्सन तथा बाँकी रहेको भोलुमको जानकारीमा समस्या आउन सक्ने बताइएको छ ।

यस बाहेकका अन्य सेवा भने यथावत रुपमा सूचारु रहने टेलिकमले जनाएको छ । कम्पनीले सेवामा समस्या आउँदा पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ ।

कम्पनीले बिलिङ सिस्टममा समस्या देखिन थालेपछि पछिल्ला केही महिनायता केही साताको अन्तरालमा सिस्टम मर्मत सम्भारबाट सेवामा समस्या आउन सक्ने भन्दै सूचना जारी गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team