close

फोनमा अनावश्यक नोटिफिकेसनबाट यसरी पाउनुहोस् मुक्ति

टेकपाना टेकपाना

कात्तिक ८, २०७७ १२:४२

फोनमा अनावश्यक नोटिफिकेसनबाट यसरी पाउनुहोस् मुक्ति

काठमाडौं । मोबाइल हाम्रो दैनिकीकाे अभिन्न हिस्सा बनिसकेकाे छ । हाम्रो धेरै समय मोबाइलमै बित्ने गरेको हुन्छ । लामो सयम मोबाइलमा बिताउँदा मोबाइलमा देखा पर्ने विभिन्न लिंक र पोष्टहरु अन्जानमा क्लिक भएको हुन सक्छ ।

त्यस्तो हुँदा फोनमा अनावश्यक रुपमा नोटिफिकेसन आइरहेका हुन्छन् । त्यसरी आउने नोटिफिकेसनले दिक्क पारिरहेको हुन्छ । त्यस्तो अवस्थामा के गर्ने त ? हामी कतिपयलाई त्यसबाट मुक्ति पाउने विकल्प थाहा नहुन सक्छ ।

त्यसैले यहाँ हामी त्यस्ता नोटिफिकेसनबाट मुक्ति पाउने तरिका यहाँ सिकाउँदै छौं । त्योभन्दा सुरुमा हामीले अनावश्यक लिंक क्लिक गर्ने, अनावश्यक एप डाउनलोड गरी त्यस्ता एपलाई दिइने एक्सेसमा कम गर्नु नै सबैभन्दा महत्वपूर्ण तरिका हो ।

तपाईंले यस्ता कुरामा ध्यान दिएको खण्डमा पक्कै पनि त्यस्ता नोटिफिकेसनहरु कम हुनेछन् । तर, यदि तपाईंले यसलाई पछ्याउनु भएन र रिस उठ्ने गरी फोनको स्क्रिनमा नोटिफिकेसनहरु आइरहेको छ भने त्यसलाई बन्द गर्न पनि सहजै सकिन्छ ।

त्यसका लागि तपाईंलाई आउने नोटिफिकेसनमा क्लिक गर्नुहोस् । नोटिफिकेसनमा क्लिक गर्दा त्यहाँ ‘ब्लक’ र ‘म्यूट’ गर्न सकिने विकल्प देखा पर्नेछन् । तपाईंले दिइएको विकल्पमध्ये जुन पनि प्रयोग गर्न सक्नुहुनेछ ।

यसपछि नोटिफिकेसन आएको खण्डमा तपाईंलाई थाहा हुनेछैन । अर्को विकल्प भनेको सधैको लागि उक्त सर्भिसबाट आउने नोटिफिकेसन बन्द गर्नु हो । तपाईंले ब्लक गर्नुभएको खण्डमा सधैंको लागि उक्त नोटिफिकेसन बन्द हुनेछ । र तपाईंले पनि नोटिफिकेसनबाट सधैंको लागि मुक्ति प्राप्त गर्नुहुनेछ ।

तपाईंले मोबालको ‘सेटिङ’ मा गएर ‘नोटिफिकेसन’ भन्ने अप्सनमा क्लिक गरी कुन कुन एपको नोटिफिकेसन प्राप्त गर्न चाहनुहुन्छ, त्यो पनि नियन्त्रण गर्न सक्नुहुनेछ । यदि कुनै एपको नोटिफिकेसन आवश्यक छैन भने बन्द गर्ने र आवश्यक पर्ने एपको नोटिफिकेसनलाई अनलक गर्न सकिने सुविधा त्यसमा उपलब्ध रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०