close

पूर्ण रूपमा ‘सेल्फ ड्राइभिङ कार’ बनाउन सफ्टवेयर परीक्षण गर्दै टेस्ला

टेकपाना टेकपाना

कात्तिक १०, २०७७ १६:५७

पूर्ण रूपमा ‘सेल्फ ड्राइभिङ कार’  बनाउन सफ्टवेयर परीक्षण गर्दै टेस्ला

काठमाडाैं । विद्युतीय कार उत्पादनमा अग्रणी रहेको अमेरिकी कम्पनी टेस्लालले स्वचालित कारमा पनि आफूलाई अग्रपंक्तीमा उभ्याएको छ ।

कम्पनीले यसै साता कारलाई पूर्ण रुपमा स्वचालित बनाउने आफ्नो सफ्टवेयर ‘फूल सेल्फ ड्राइभिड’ सफ्वेयर बेटा भर्सन सीमित प्रयोगकर्तालाई उपलब्ध गराएको छ । 

बेटा भर्सनको यो सफ्टवेयरले प्रयोगकर्तालाई स्वचालित मोडमा धेरै अप्सनहरु उपलब्ध गराएको छ । यो सफ्टवेयर प्रयोग गरी कारलाई स्वचालित बनाउदा पूर्ण रुपमा सुरक्षित भने नरहेको कम्पनीले जनाएको छ ।

‘यसले खराब समयमा गलत निर्णय लिन सक्छ,’ स्वचालित सफ्टवेयर परीक्षणको लागि प्रयोगकर्तालाई पठाउँदा कम्पनीले यस्तो सन्देश पनि दिएको छ । 

कम्पनीले उपलब्ध गराएको स्वचालित सफ्टवेयर प्रयोग गरी कारणलाई पूर्ण रुपमा चालकबिहीन बनाएर परीक्षण गरेका प्रयोगकर्ताले भने सफ्टवेयरको मात्र भरपर्नु डरलाग्दो अनुभव भनी टिप्पणी गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०