close

‘इन्फ्लुयन्सर मार्केटिङ’का लागि अपट्रेण्ड्ली

टेकपाना टेकपाना

कात्तिक २२, २०७७ २१:४९

‘इन्फ्लुयन्सर मार्केटिङ’का लागि अपट्रेण्ड्ली

काठमाडौं । विज्ञापन वास्तवमा प्रभावको पर्याय हो । पृथक उत्पादन, उपयोगी फिचर, आकर्षक डिजाइन तथा एनिमेसन र प्रस्तुतिको प्याकेजले मात्र आजको समयमा ग्राहक तान्न सक्दैन । यो युग सामाजिक सञ्जालको युग हो जसले आधुनिक बजारीकरणाकाे रणनीतिलाई जन्म दिएको छ ।

इन्फ्लुयन्सर मार्केटिङ पनि अन्य मार्केटिङ जस्तै ‘कन्टेन्ट ड्रिभन मार्केटिङ’ अभियान नै हो तर, यसमा ब्राण्ड र इन्फ्लुयन्सर अर्थात् प्रभावशाली सार्वजनिक हस्तीहरुको बेजोड सहकार्यको आवश्यकता पर्दछ । 

बजारमा उपलब्ध व्यापक प्रोडक्ट रेन्जबीच कुन प्रोडक्ट किन्ने, कुन खाने, कुन लगाउने भन्ने दुविधाजनक मनोविज्ञान उपभोक्तामा सधै नै रहिआएको छ । यदि यो दुविधालाई उनीहरुको विश्वासिलो व्यक्तिले चित्त बुझ्दो ढंगबाट सम्बोधन गरिदिने हो भने लक्षित प्रडक्टमा उपभोक्ताहरु पक्कै दौडन्छन् । 

यस किसिमको मार्केटिङ शैलीमा इन्फ्लुयन्सरहरुले वस्तुको समर्थन गर्नेदेखि आफ्नो प्रभाव क्षेत्रभित्र रहेका मानिसहरुको नियमित उपभोग्य वस्तुलाई विस्थापन गरेर उपभोगिताको स्वभावमा नै परिवर्तन ल्याउने ल्याकत राख्दछन् । यस किसिमको मार्केटिङमा यस्ता प्रभावशाली हस्ती र ब्राण्डको बेजोड संगमले ब्राण्ड भ्याल्यु निर्माण गर्दछ । 

विगत तीन वर्षदेखि मार्केटिङको यही सिद्धान्तमा आधारित रहेर अपट्रेण्ड्लीले काम गर्दै आइरहेको छ । २०१७ मा स्थापना भएको अपट्रेण्ड्ली एउटा डेटामा आधारित रहेर काम गर्ने इन्फ्लुयन्सर मार्केटिङ कम्पनी हो । 

कम्पनीले आफ्नो स्थापनाकालदेखि देशभरका विभिन्न क्षेत्रमा स्थापित १५० भन्दा धेरै प्रभावशाली व्यक्तिहरुलाई साथमा लिएर सामाजिक सञ्जालमार्फत विज्ञापन गरी हजारौं लाखौं उपभोक्तामाझ पुग्न ब्राण्डहरुलाई मद्दत गर्दै आइरहेको छ ।

अपट्रेण्ड्लीले विज्ञापन अवधारणा तथा फ्रेमवर्क तयार गरी ब्राण्डको लक्षित समूहभन्दा धेरै फ्यानबेस भएका प्रभावशाली व्यक्तिहरुबाट ती वस्तुहरु अनुमोदन गराएर विभिन्न सामाजिक सञ्जालमा पोस्ट गर्दछ । 

त्यसपश्चात ती प्रभावशाली व्यक्तिहरुले पनि त्यस्ता विज्ञापन पोस्टलाई अपलोड गर्दछन् । अन्तत: मार्केटिङ अभियानको परिणाम प्रभावशाली व्यक्तिको पोस्टको इन्साइट्सको आधारमा मापन गरिन्छ । 

यसर इन्फ्लुयन्सरहरुबाट नयाँ ढंगले मार्केटिङको परम्परालाई अगाडि बढाइरहेको कम्पनी अपट्रेण्ड्लीले हालसम्म देशका ठूलाठूला ब्राण्डहरु एनसेल, कोक, टुबर्ग, युनिलिभर, सामसङ, भायानेट र महिन्द्रा आदीसँग सहकार्य गरिसकेको छ । 

‘इन्फ्लुयन्सर मार्केटिङ अवधारणा परम्परागत मार्केटिङ भन्दा फरक हुन्छ,’ कम्पनीका संस्थापक मनायक कार्की भन्छन्, ‘यो जबरजस्ती लाद्दिएको विज्ञापन जस्तो नभएर एकदमै अर्गानिक र प्राकृतिक जस्तो देखिन्छ ।’ 

यसरी विज्ञापन गरिदाँ प्रभावशाली व्यक्तिहरुको प्रभावमा पहिलेदेखि नै परेका उपभोक्ताहरुको सम्बन्ध ब्राण्डसँग पनि दीर्घकालिन रुपमा रहने विश्वास दिलाउँछन् मनायक।

‘यसैकारण जब कुनै प्रभावशाली व्यक्तिले वस्तुको विज्ञापन गर्छन्, तब तत्काल यसले ब्राण्डको भ्याल्यु र विश्वासनियता कायम गर्दछ ।’ 

ब्राण्डलाई नै एउटा पहिचान दिने हुँदा यस किसिमको मार्केटिङ प्रणाली जुनसुकै ब्राण्डका लागि अगाडी पछाडि सधैका लागि उपयोगी हुन्छ । 

यसमाथि आजभोली मानिसहरुले आफ्नो अधिकांश समय सामाजिक सञ्जालमा व्यतित गर्ने हुँदा यो अपट्रेण्ड्ली आफ्नो सेवा नै सामाजिक सञ्जालमुखी बनाएको मनायक बताउँछन् । इन्फ्लुयन्सर मार्केटिङमा रिटर्न अफ इन्भेस्टमेन्ट पनि एकदमै छिटो आउँछ । 

अन्य माध्यममा तपाईंले निश्चित संख्या र समयमा मात्र विज्ञापन गर्न सक्नुहुन्छ तर इन्फ्लुयन्सर मार्केटिङमा विज्ञापन सामग्रीलाई असीमित संख्यामा शेयर गर्न सक्नुहुन्छ । तपाईंले शुल्क तिरेको भन्दा धेरै पहुँच तपाईले पुर्‍याउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०