close

फेसबुकमा फेक आईडी बनाएर नाबालिकालाई अश्लील तस्वीर पठाउने पक्राउ

टेकपाना टेकपाना

कात्तिक २७, २०७७ २०:२२

फेसबुकमा फेक आईडी बनाएर नाबालिकालाई अश्लील तस्वीर पठाउने पक्राउ

काठमाडौं । प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले फेसबुकमा फेक आईडी बनाएर नाबालिकालाई अश्लील सन्देश सहितको तस्वीर पठाउने एक जनालाई पक्राउ गरेको छ । ब्यूरोले उक्त आरोमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका २० वर्षीय अखिल नेपालीलाई पक्राउ गरेको हो ।

अखिलले नाबालिकालाई यौनजन्य तथा अश्लील सन्देश र तस्वीर पठाउने, बालिकाको बारेमा अश्लील सामग्री पोस्ट गरेर हैरानी दिने गरेको बताइएको छ । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर अखिललाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

उनी विरुद्ध विद्युतीय कारोबार ऐन ऐन अन्तर्गतको कसुर गरेको आरोपमा मुद्दा चलाइनेछ । हाल अखिलमाथि थप अनुसन्धान कार्य भइरहेको छ । अश्लील तथा यौनजन्य सामग्रीहरु कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय तथा अन्य माध्यमबाट प्रकाशत, प्रसारण तथा प्रदर्शन गर्नु सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धको कार्य हो ।

ब्यूरोले कसैलाई अपमान तथा हैरानी गर्ने, घृणा वा द्वेष फैलाएर सामाजिक विकृति विसंगती बढाउने यस किसिमका कार्य नगर्न नगराउन अनुरोध गरेको छ । यस्ता गतिविधि कानून अनुसार दण्डनीय मानिन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०