close

सामसङले सार्वजनिक गर्‍यो स्मार्ट मनिटर, ओटीटीदेखि मोबाइल कनेक्टिभिटीसम्मको सपोर्ट

टेकपाना टेकपाना

मंसिर २, २०७७ १०:४२

सामसङले सार्वजनिक गर्‍यो स्मार्ट मनिटर, ओटीटीदेखि मोबाइल कनेक्टिभिटीसम्मको सपोर्ट

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफ्नो नयाँ स्मार्ट मनिटर विश्वबजारमा ल्याएको छ । यो स्मार्ट मनिटरमा एउटै स्क्रिनमा अनेकौं काम गर्न सकिन्छ ।

यसले वर्क फ्रम होम, होम लर्निङ, मनोरञ्जन जस्ता सुविधा एउटै स्थानमा उपलब्ध गराउनेछ । सामसङको यो नयाँ स्मार्ट मनिटर मोबाइल फोन कनेक्टिभिटी तथा पीसी कनेक्टिभिटीको हिसाबले समेत उपयोगी छ ।

यो सामसङको ब्युल्ट ईन स्मार्ट टिभी प्लेटफर्म जस्तै छ । सामसङ इलेक्ट्रोनिक्सका भिजुअल डिस्प्ले बिजनेस सेक्सनका वरिष्ठ उपाध्यक्ष ह्वेसुङका अनुसार सामसङले काम, पढाई, मनोरञ्जनका लागि घरमा केन्द्रीत भइरहेको विश्वलाई लक्षित गर्दै यो डिभाइस तयार पारेको हो ।

यो स्मार्ट मनिटरले ग्राहकका सबै आवश्यकता पुरा गर्ने सामर्थ्य राख्दछ । सामसङको स्मार्ट मनिटरमा स्मार्टफोन तथा कम्प्युटर कनेक्टिभिटीका लागि उचित किसिमको सपोर्ट दिइएको छ ।

यसमा मोबाइल, एप कास्टिङ तथा एप्पल एयरप्ले जोड्नका लागि केवल एक क्लिक गरे पुग्छ । यतिमात्र होइन, सामसङ डेक्ससँग समेत यो स्मार्ट मनिटर एउटै क्लिकमा जोडिन सक्छ ।

सामसङको यो स्मार्ट मनिटरमा माइक्रोसफ्ट अफिस ३३६५ जस्ता एप्लिकेसन समेत प्रयोग गर्न सकिन्छ । त्यसका लागि यसमा वाईफाई सपोर्ट दिइएको छ ।

वाईफाईको सहयोगमा तपाईं आफ्नो फाइल मनिटरमा हेर्न, एडिट गर्न तथा त्यसलाई क्लाउडमा सेभ गर्न सक्नुहुन्छ । सामसङ स्मार्ट मनिटरलाई मनोरञ्जनको हबको रुपमा प्रयोग गर्न सकिन्छ ।

यसमा एचबीओ, नेटफ्लिक्स, युट्युव जस्ता ओटीटीमा आधारित एप्लिकेसनको सहयोगमा खुलेर मनोरञ्जनको फाइदा उठाउन सकिन्छ ।

यो मनिटरको मूल्य २७ इन्चका लागि २३० डलर (२७,३८६ रुपैयाँ) तथा ३२ इन्चका लागि २८० डलर (३३ हजार ३४० रुपैयाँ) रहेको छ । त्यस्तै एम सेभेन नाम दिइएको ३२ इन्चको फोरके मनिटरको मूल्य ४०० डलर (४७ हजार ६२८ रुपैयाँ) रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०