close

‘रिड लेटर’ फिचर उपलब्ध गराउँदै ह्वाट्सएप

टेकपाना टेकपाना

मंसिर ६, २०७७ १९:९

‘रिड लेटर’ फिचर उपलब्ध गराउँदै ह्वाट्सएप

काठमाडौं । ह्वाट्सएपले ‘रिड लेटर’ अर्थात ‘पछि पढ्नुहोस्’ फिचर प्रयोगकर्तालाई उपलब्ध गराउने भएको छ । योसँगै प्रयोगकर्ताले पछि पढ्ने गरी च्याटलाई मार्क गरी राख्न सक्नेछन् ।

हाल यो फिचर जिमेल लगाएतका ईमेल सर्भिसमा उपलब्ध हुँदै आएको थियो । अब सोही सुविधा ह्वाट्सएपमा उपलब्ध हुने भएको हो ।

हाल उपलब्ध जानकारी अनुसार प्रयोगतर्काले रिड लेटर भन्ने अप्सन इनेबल गरसँगै उक्त च्याटको नोटिफिकेसनहरू पनि उपलब्ध हुनेछैन ।

यसरी इनेबल गरिएको फिचर प्रयोगकर्ताले आवश्यक परेको खण्डमा डिजेबल अर्थात् रिड लेटर फिचरलाई बन्द गर्न पनि सक्नेछन् । हाल यो सुविधा बेटा भर्सनमा केही प्रयोगकर्तामाझ उपलब्ध भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०