close

साओमीको रेड्मी नोट नाइन फाइभजी सिरिज बिहीबार सार्वजनिक हुँदै

टेकपाना टेकपाना

मंसिर ७, २०७७ १८:२०

साओमीको रेड्मी नोट नाइन फाइभजी सिरिज बिहीबार सार्वजनिक हुँदै

काठमाडौं । काठमाडौं । रेड्मी नोट नाइन सिरिज नेपालसहित विभिन्न देशमा सार्वजनिक भइसकेको छ । तर साओमीकै होम मार्केट चीनमा भने यो सिरिज उपलब्ध छैन । अहिले साओमीले सार्वजनिक हुन लागेको फाइभजी कनेक्टिभिटी सहितको फोनकै कारण यसअघिको सिरिज चीनमा उपलब्ध नभएको विश्लेषण गरिएको छ । 

वेइबो पोस्टका अनुसार साओमीले नाेट नाइन सिरिज अन्तर्गत तीनवटा फोन बिहीबार औपचारिक रुपमा सार्वजनिक गर्दै छ । हालसम्म नोट नाइन सिरिजबारे केही कुराको पनि खुलासा नगरेको चिनियाँ कम्पनी साओमीले एउटा डिभाइसको डिजाइनको भने खुलासा गरेको छ ।

तर यो सिरिजका सबै फोनमा यस्तै डिजाइन हुने वा नहुने भन्ने बारेमा केही स्पष्ट भएको छैन ।फाइभी कनेक्टिभिटी सहितकाे रेड्मी नोट नाइनको एउटा मोडलमा भने सर्कुलर रियर क्यामेरा हुने बताइएको छ । यसमा दुई कलर अप्सन, एउटा ग्रे भायोलेट र अर्को स्काई ब्ल्यु हुनेछ । 

रेड्मीको यो फोन विश्वकाे माेबाइल बजारले प्रतिक्षा गर्दै आइरहेको छ । यसैले यस फोनको मोडलको स्पेसिफिकेसन तथा फिचरलाई लिएर पनि बजारमा धेरै हल्ला चल्दै आइरहेका छन् । जस अनुसार यसका कम्तिमा दुई मोडलले फाइभजी रेडी चिपसेटलाई सपोर्ट गर्नेछ ।

यस्तै रेड्मी नोट नाइन प्रोमा भने बाहिरी भाग एमआई टेन टी लाइटको जस्तै हुन सक्ने विश्वास छ । 

यसमा ६.६७ इन्चको डिस्प्ले जसमा १२० हर्जको रिफ्रेस रेट छ । यसमा स्नापड्रागन ७५० जी को चिपसेट र ४८२० एमएएचको ब्याट्री ब्याकअप रहेको छ । यस्तै लेसर रेड्मी नोट नाइन अप्सनमा ६.५३ इन्चको डिस्प्ले र मेडिया टेक डाइमेन्सिटी ८०० यु चिपसेट छ भने ५ हजार एमएएचको ब्याट्री राखिएको छ । 

यद्यपि साओमी कम्पनीबाट हालसम्म यी विषयमा आधिकारिक विवरण नआइसकेको हुँदा यसलाई नै पुष्टि गर्न सकिने आधार भने छैन । यी मोडलबारे थप विस्तृत र आधिकारिक जानकारी फोनको सार्वजनिक हुने समयमै आउने अपेक्षा गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०