close

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली रोबोट

टेकपाना टेकपाना

मंसिर १०, २०७७ १६:५८

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली रोबोट

काठमाडौं । पुल्चोक रोबोटिक्स क्लबका विद्यार्थीहरुले आफ्नो रोबोटको भिडियो एबीयु रोबोकोनले वर्षेनि आयोजना गर्दै आइरहेको रोबोटिक प्रतिस्पर्धामा पठाएका छन् । एबीयु रोबोकनले उक्त भिडियो आफ्नो आधिकारिक साइटबाट समेत रिलिज गरिसकेको छ । 

विद्यार्थीहरुले बनाएको यो रोबोट एउटा गेम प्ले रोबोट हो । जसमा दुईवटा रोबोटहरु छन् । दुई रोबोटमा बल पास तथा किक गर्ने काम पास रोबोटले गर्छ भने ट्रान्सफरको काम ट्रायो रोबोटले गर्दछ ।

विगत १९ वर्षदेखि एबीयु रोबोकनले आयोजना गर्दै आइरहेको रोबोटिक्स प्रतिस्पर्धामा नेपालको तर्फबाट पुलचोक आइओइका रोबोटिक्स क्लबका विद्यार्थीहरुले सहभागिता जनाउँदै आइरहेका छन् । यस वर्ष भने महामारीका कारण उक्त प्रतिस्पर्धा अनलाइनमार्फत आयोजना हुँदैछ । 

उक्त रोबोटिक्स प्रतिस्पर्धामा एशिया प्रशान्त क्षेत्रका १७ वटा मुलुकहरुबीच प्रतिस्पर्धा हुने गरेको छ । डिसेम्बर १२ तारिखमा आयोजना हुने उक्त प्रतिस्पर्धाका लागि आफूहरुले वर्षैभरी मेहेनत गरेको विद्यार्थीहरुले बताएका छन् ।

विश्वका अन्य मुलुकहरु अत्याधुनिक तथा नयाँ प्रविधि प्रयोगमा अग्रसर रहिँरहँदा आफूहरुले भने पुरानै संसाधनको जुगाड गर्नुपरेको विद्यार्थीहरुको गुनासो छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०