close

मिडरेन्जका यी ग्यालेक्सी फोनमा पनि सामसङको निःशुल्क टिभी सेवा

टेकपाना टेकपाना

मंसिर ११, २०७७ १३:७

मिडरेन्जका यी ग्यालेक्सी फोनमा  पनि सामसङको निःशुल्क टिभी सेवा

काठमाडौं । सामसङले आफ्नो ‘सामसङ टिभी प्लस एप’ ग्यालेक्सी फ्ल्यगशिप तथा मिडरेन्ज सेग्मेन्टका धेरैजसो फोनका लागि उपलब्ध गराएको छ । उसले आफ्ना तीनवटै फोल्डेबल फोनहरुका लागि नि:शुल्क टिभी सेवा ल्याएकाे छ ।

फोल्डेबल स्मार्टफोन बाहेक यो सेवा ग्यालेक्सी एस नाइन, ग्यालेक्सी नोट नाइन र ग्यालेक्सी ए सिरिजको ह्याण्डसेटमा समेत कम्पनीले प्रदान गरिएकाे छ ।

ग्यालेक्सी स्टोर र गुगल प्लेस्टोरमा भएको सामसङको टिभी प्लस एप ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ५१ फाइभजी र ग्यालेक्सी ए ७१ फाइभजी जस्ता ग्यालेक्सी ए सिरिजका फोनमा सपाेर्ट गर्नेछ ।

यीबाहेक रग्ड ग्यालेक्सी एक्सकभर प्रोले पनि यो एपलाई सपोर्ट गर्दछ ।  सामसङ टिभी प्लस एप सामसङका लेटेस्ट फोनहरु ग्यालेक्सी एस सिरिजका एस ट्वान्टी, एस टेन, ग्यालेक्सी नोट ट्वान्टी, नोट टेनमा सेप्टेम्बरदेखि नै उपलब्ध थियो । 

सामसङको टिभी प्लस एउटा नि:शुल्क टिभी सर्भिस हो । यसबाट टिभीमा आउने हजारौं शाेहरुमा पहुँच पाउन सकिन्छ । यसबाट १५० वटा च्यानल छानी छानी हेर्न सकिन्छ । तर हाल यो एप अमेरिकामा मात्र उपलब्ध छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०