close

मोटोरोलाको सस्तो स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

मंसिर ११, २०७७ २०:१२

मोटोरोलाको सस्तो स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । मोटोरोला कम्पनीले आफ्नो नयाँ स्मार्टफोन मोटो ई सेभेन सार्वजनिक गरेको छ । यो फोन पछिल्ला केही महिनादेखि चर्चामा रहेको थियो ।

यसअघि मोटोरोलाले यो फोन चाँडै नै सार्वजनिक गरिने जनाएको थियो । हाललाई युरोपियन बजारमा सार्वजनिक गरिएको यो फोनको मूल्य ११० यूरो रहेको छ । चाँडै नै अन्य देशमा समेत मोटो ई सेभेन सार्वजनिक गरिने बताइएको छ ।

यस्तो छ फिचर

मोटो ई सेभेनमा पछाडि भागमा दुई वटा क्यामेरा राखिएका छन् । यसको स्क्रिन साइज ६.५० इन्च रहेको छ ।

दुई स्टोरेज भेरियन्टका साथ बजारमा आएको यो फोन एक्का ब्लू, मिनरल ब्ल्याक र सेटन कोरल रंगमा पाइनेछ । विशेष रुपमा मोटो ई सेभेनमा ई सेभेन प्लसको जस्तै क्यामेरा राखिएको छ ।

जसमा पछाडि भागमा एउटा वर्गाकार क्यामेरा मोड्युल तथा ठीक अगाडि भागमा वाटर ड्रप नोच दिइएको छ । यसको डुअल क्यामेरामा एफ/१.७ अपार्चर सहित ४८ मेगापिक्सेलको प्राइमरी क्यामेरा तथा एफ/२.७ अपार्चरका साथ दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा समेत रहेको छ ।

यसको रियर क्यामेराले ३० एफपीएसमा फुल एचडी भिडियो रेकर्ड गर्न सकिन्छ । साथै फोनको क्यामेरा एपमा पोट्रेट मोड, पानोरमा, ब्युटिफिकेसन, एचडीआर, नाइट भिजन लगायतका अन्य मोड समेत रहेका छन् ।

भिडियो कलिङ तथा सेल्फीका लागि यसमा एफ/२.२ अपार्चर सहितको पाँच मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । फ्रन्ट क्यामेराबाट ३० एफपीएसमा फुल एचडी भिडियो रेकर्ड समेत गर्न सकिन्छ ।

मोटो ई सेभेनका अन्य विशेषतामा ब्लुटुथ भी ५.०, जीपीएस, ए-जीपीएस, ग्यालियो, २.४ गिगाहर्ज वाईफाई ८०२.११ बी/जी/एन तथा फोरजी समेत रहेको छ । नयाँ स्मार्टफोन मोटो ई सेभेनमा ६.५ इन्चको एचडी प्लस (७२० बाई १६०० पिक्सेल) म्याक्स भिजन डिस्प्ले रहेको छ ।

जसमा ८७ प्रतिशत स्क्रिन टु बडी रेसियो छ । एन्ड्रोइड टेन आउट अफ दि बक्स चल्ने यो फोनमा मिडियाटेक हेलियो जी २५ एसओसी प्रोसेसरका साथ सार्वजनिक गरिएको हो ।

मोटो ई सेभेनमा दुई जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज रहेको छ । जसले ५१२ जीबी मेमोरी सपोर्ट गर्दछ ।

मोटो ई सेभेनमा एउटा ३.५ एमएम हेडफोन ज्याक, एउटा स्पिकर, फिंगरप्रिन्ट सेन्सर र डुअल सिम स्लट रहेको छ । ५००० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको यो फोन ४००० एमएएच ब्याट्रीका साथ समेत पाउन सकिन्छ ।

यूएसबी टाइपसी सपोर्ट गर्ने मोटो ई सेभेनमा १० वाट फास्ट चार्जिङको सुविधा समेत रहेको छ । कम्पनीको दाबी अनुसार सामान्य रुपमा प्रयोग गर्दा यसको ब्याट्रीले ३६ घण्टासम्म साथ दिन सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०