close

आईसीटी क्षेत्रका विज्ञ र कम्पनीको रोष्टर तयार पार्दै सरकार, यसरी टिपाउनुहोस् आफ्नो विवरण

टेकपाना टेकपाना

मंसिर १२, २०७७ १८:८

आईसीटी क्षेत्रका विज्ञ र कम्पनीको रोष्टर तयार पार्दै सरकार, यसरी टिपाउनुहोस् आफ्नो विवरण

काठमाडौं । सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित विज्ञ तथा उद्योगहरुको विवरण संकलन गरी रोस्टर तयार पार्ने भएको छ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रवर्द्धनका लागि यस क्षेत्रका प्राज्ञिक संस्था र निजी क्षेत्रसँगको सहकार्य तथा समन्वयलाई थप सहजीकरण गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो योजना अगाडि सारेको हो ।

मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै सम्बन्धित विज्ञ तथा निजी क्षेत्रलाई आफ्नो विवरण सहितको जानकारी उपलब्ध गराइदिन आग्रह गरेको छ । यदि तपाईं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान पुर्‍याइरहनु भएको छ भने यहाँ क्लिक गरी मन्त्रालयको रोस्टरमा आफ्नो विवरण भर्न सक्नुहुनेछ ।

सूचना प्रविधि क्षेत्रलाई अगाडि बढाउन विज्ञ समूहको सल्लाह सुझाव लिने उद्देश्यका साथ रोस्टर तयार पार्न लागिएको मन्त्रालयले जनाएको छ । रोस्टरमा प्राप्त विवरण मन्त्रालयमा रेकर्डको रुपमा राखिने र आवश्यक समयमा राय सुझाव लिने गरी आमन्त्रित गरिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०