close

इन्टरनेटमा एक मिनेटमा के हुन्छ ? यस्तो छ तथ्याङ्क

टेकपाना टेकपाना

मंसिर १४, २०७७ २१:२१

इन्टरनेटमा एक मिनेटमा के हुन्छ ? यस्तो छ तथ्याङ्क

काठमाडौं । विश्वको आधाभन्दा बढी जनसंख्या इन्टरनेटको पहुँचमा छन् । यसको अर्थ अर्बौ प्रयोगकर्ता हेरेक दिन इन्टरनेट प्रयोग गरिरहेका हुन्छन् । यसरी दैनिक अर्बौ मान्छे इन्टरनेटमा जोडिँदा हरेक दिन के हुन्छ ? दिनमात्रै नभएर हरेक मिनेटमा के भइरहेको हुन्छ भन्ने कुराको तथ्याङ्क चाख लाग्दो हुन्छ ।

अझ कोभिड १९ कारण सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले मान्छे धेरै घरभित्रै रहेका छन् । यस्तोमा इन्टरनेटमा समय बिताउनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । यसैबीच डोमोले ‘डेटा नेभर स्लिप’ नामक नयाँ रिपोर्ट सार्वजनिक गरेको छ ।

भर्खरैमात्र सार्वजनिक भएको उक्त रिपोर्टमा उल्लेख गरिएको तथ्याङ्कले इन्टरनेटमा हरेक मिनेटमा के भइरहेको छ भन्ने कुरा दर्शाएको छ । डोमोका अनुसार एक मिनेटमा विश्वभर फेसबुकमा १ लाख ४७ हजार फोटो उपलोड हुने गरेको छ ।

साथै एक मिनेटमा ट्वीटरमा ३ सय १९ नयाँ युजर थपिने गरेका छन् । इन्स्टाग्राममा हरेक मिनेट ३ लाख ४७ हजार २ सय २२ ओटा स्टोरिज राख्ने गरेका छन् । भने, युट्युव क्रिएटरले ५ सय घण्टाको भिडियो अपलोड गर्ने गरेका छन् ।

यो तथ्याङ्क एउटा प्रतिनिधिमात्रै हो । हरेक दिन हरेक मिनेट यसरी डेटा इन्टरनेटमा उपलब्ध हुँदा सेवा प्रदान गर्ने कम्पनीहरु हरेक दिन अझ धेरै पावरफुल हुँदै गइरहेका छन् । यो विषयमा हाम्रो कहिलै ध्यान गएको छैन् ।

तर, पनि यहाँ हामी तपाईंलाई इन्टरनेटमा हरेक मिनेट के भइरहेको छ भन्ने कुराको थप जानकारी ग्राफिक्समार्फत दिँदैछौ ।

Domo Data Never Sleeps chart 2020

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०