close

किरिन प्रोसेसर भएको पहिलो ल्यापटप ल्याउँदै ह्वावे, यस्तो छ स्पेसिफिकेसन

टेकपाना टेकपाना

पुस १३, २०७७ १७:४२

किरिन प्रोसेसर भएको पहिलो ल्यापटप ल्याउँदै ह्वावे, यस्तो छ स्पेसिफिकेसन

काठमाडौं । केही समयअघि ह्वावेले धेरै पीसीहरूमा काम गरिरहेको खबर आएको थियो । कम्पनीले पनि आफ्नै सिलिकन डेस्कटप पीसी र ल्यापटप निर्माण गरिरहेको आधिकारिक रुपमै बताउँदै आएको छ । कम्पनीकै हाई-सिलिकन एआरएम चिपद्वारा सञ्चालित डेस्कटप पीसी रहने ह्वावेले पुष्टि गरेको छ ।

वेइबो टिपस्टरले नोटबुकको बक्सको फोटो पोस्ट गरेको छ, जसमा केही महत्वपूर्ण स्पेसिफिकेशन ल्याएको छ । यो डिभाइस किरिन ९९० चिपसेटले सञ्चालित छ, जसमा ८ जीबी र्याम, ५१२ जीबी एसएसडी र १४ इन्चको १०८०पी डिस्प्ले रहेको छ ।

लिनक्स आधारित दीपिन ओएस २० मा ल्यापटप रन हुनेछ । तर भविष्यमा हार्मोनी ओएसमा आधारित ल्यापटप सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

Qingyun L410 नाम दिइएकाे याे ल्यापटप माेडल मेटबुक १४ काे भन्दा सस्ताे हुने बताइएकाे छ । साथै फाइभजी मोडेम सपोर्ट गर्ने चिपसेट प्रयोग भएकाले ल्यापटपमा फाइभजी कनेक्टिभिटी समेत हुनसक्ने आँकलन गरिएको छ ।

अप्टिकल ड्राइभ, कीबोर्ड, माउस, १८० वाट पावर सप्लाइ र कम्पनीको आफ्नै काइलिन अपरेटिङ सिस्टम हुने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०