close

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टलाई फोन पे स्टुडेण्ट एम्बेस्डरको उपाधि

टेकपाना टेकपाना

पुस १३, २०७७ २०:५३

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टलाई फोन पे स्टुडेण्ट एम्बेस्डरको उपाधि

काठमाडौं । नेपालको फिनटेक अर्थात वित्तीय प्रविधि कम्पनी फोन पेले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट आएको टोली इन्फ्लुएसरलाई ‘फोन पे स्टुडेण्ट एम्बेस्डर २०२० ’ को विजेता घोषणा गरेको छ । कम्पनीले डिजिटल नेपालको प्रवर्द्धन गर्न नवीन सोच भएका युवाहरुको खोजीमा पहिलो पटक विद्यार्थी लक्षित यो कार्यक्रम गरेको हो ।

विद्यार्थीहरुका लागि सिक्ने, सिकाउने र व्यवसायिक तथा व्यक्तित्व विकासको एक प्लेटफर्मको रुपमा यो कार्यक्रम अगाडि सारिएको थियो । गत ४ अगस्टदेखि २१ नोभेम्बरसम्म सञ्चालन भएको यो कार्यक्रम तीन चरणमा विभाजन गरिएको थियो ।

४ अगस्टदेखि ३१ अगस्टसम्म सञ्चालन भएको पहिलो चरणको कार्यक्रममा विद्यार्थीहरुले आवेदन फारमका साथै एउटा फोन पेसँग सम्बन्धित रचनात्मक भिडियो निर्माण गर्नुपर्ने थियो । पहिलो चरणमा काठमाडौंका विभिन्न कलेजबाट ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

दोस्रो चरणमा एम्बेस्डर छनौटका लागि शीर्ष १७ टोली छानिएका थिए । जसमा सहभागिहरुले तीन महिनामा ब्राण्डको प्रवर्द्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।

अगस्ट ९ देखि नोभेम्बर २१ सम्म एम्बेस्डरहरुले फिनटेकका परिदृश्यका साथै फोन पेका सबै सेवाहरुको विषयमा गम्भीर ढंगले अध्ययन गरेका थिए । शीर्ष दश विद्यार्थी दुतहरुमा एस इन्टरनेसनल विजनेस स्कुलबाट ‘फर्स्ट रनर’,काठमाडौ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टबाट ‘जानुस’ , द ब्रिटिस कलेजबाट ‘एक सपना’ र काठमाडौं कलेज अफ म्यानेजमेन्बाट ‘गार्नेट’ रहेका थिए ।

त्यसैगरी पुल्चोक इञ्जिनियरिङ कलेजबाट ‘निर्भया’, एस इन्टिच्युट अफ म्यानेजमेन्टबाट ‘एस मास्ट्रोस’,नेसनल कलेज अफ कम्प्युटर स्टटिजबाट ‘टाइटन्स् ’, हेराल्ड कलेज काठमाडौंबाट ‘एक्स्होर्टस’, एस इन्टिच्युट अफ म्यानेजमेन्टबाट ‘प्रभाव पार्ने मान्छेहरु’ र थेम्स इज्न्टरनेसनल कलेजबाट ‘एनआईई’ समेत शीर्ष दशमा पर्न सफल भएका थिए ।

डिजिटल नेपालको सोच प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम अवधिभर शीर्ष दश टिमले विभिन्न सामाजिक सञ्जालमा एक्टिभेसन कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम अवधिमा विद्यार्थीहरूलाई भिडियो निर्माण प्रतियोगितामा प्रतिश्पर्धा गर्न लगाइएको थियो ।

उनीहरुले फोन पेको प्रयोग र यसले पुर्‍याउने फाइदाको विषयमा भिडियो तयार पारेका थिए । २० डिसेम्बरमा घोषित विजेता टिमले विग मार्टबाट पाँच हजार बराबरको गिफ्ट भौचर प्राप्त गरेका थिए ।

काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट ‘गार्नेट’ टोली भिडियो पतियोगितामा विजेता बन्दै बिगमार्टको शपिङ भौचर जित्न सफल भएको थियो । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले ६२,७०० प्वाइन्ट ल्याउँदै टाइटल उपाधि जित्न सफल भएको थियो।

यस्तै काठमाडौं कलेज अफ म्यानेजमेन्टले फस्ट रनरअप जित्न सफल भएको थियो भने एस इन्टिच्युटको टिम एस मास्ट्रोस सेकेण्ड रनरअप भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०