close

टेलिकम भन्छ– डेटाको मूल्य तत्काल घटाउन सकिन्न

टेकपाना टेकपाना

भदौ २१, २०७८ १४:३२

टेलिकम भन्छ– डेटाको मूल्य तत्काल घटाउन सकिन्न

सरकारले दूरसञ्चार सेवा प्रदायकसँग अनुमति पत्र (लाइसेन्स) बापत् महंगो शुल्क लिने भएकाले डेटाको मूल्य तत्काल घटाउन नसकिने नेपाल टेलिकमले जनाएको छ ।

भ्वाइस सेवा भन्दा डेटातर्फ उपभोक्ता संख्या बढ्दै गएकाले डेटाको मूल्य घट्ला त ? भन्ने प्रश्नको जवाफ दिंदै नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले सरकारले लाइसेन्स शुल्कमार्फत महंगो शुल्क लिने भएकाले डेटा शुल्क तत्काल घटाउन नसकिने दाबी गरे ।

उनका अनुसार टेलिकम कम्पनीले अहिले आधारभूत दूरसञ्चार सेवाको लाइसेन्स दस्तुर बापत् प्रति ५ वर्षमा १३ करोड ४४ लाख रुपैयाँ शुल्क लिइरहेको छ ।

यस्तै, इन्टरनेट सेवा बापत् ५ वर्षमा सरकारले २ लाख ७० हजार शुल्क लिइरहेको छ भने मोबाइल सेवाको लाइसेन्स हरेक ५ वर्षमा नवीकरण गर्दा सरकारलाई २० अर्ब बुझाउनु पर्छ ।

लाइसेन्स दस्तुर बाहेक मोबाइल सेवा सञ्चालनको लागि चाहिने फ्रिक्वेन्सी दस्तुरबापत् पनि सरकारले ठूलो रकम लिने भएकाले तत्काल शुल्क घटाउन नसकिने जोशीको तर्क छ ।

टेलिकमले आफ्नो पछिल्लो अवस्थाको बारे जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जोशीले डेटा र भ्वाइस सेवाको शुल्क पछिल्लो ४ वर्षमा उल्लेख्य घटेको दाबी गरे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३