close

पोखरा पुग्यो डिशहोमको फाइबरनेट

टेकपाना टेकपाना

भदौ २३, २०७८ १३:४७

पोखरा पुग्यो डिशहोमको फाइबरनेट

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले पोखरामा डिशहोम फाइबरनेटको औपचारिक सुरुवात गरेको छ । बुधबार पोखरामा आयोजित एक कार्यक्रमबाट फाइबरनेट प्रारम्भ गर्दै कम्पनीले कास्कीका विभिन्न ठाउँमा इन्टरनेट विस्तार हुने जानकारी दिएको छ ।

नयाँबजारस्थित भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिमा आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले फाइबरनेट सेवाको उद्घाटन गरे ।

डिशहोमका एरिया सेल्स म्यानेजर, सेल्स अफिसर, प्राविधिकहरु र विभिन्न सञ्चारमाध्यम, डिलर दाइहरु, स्थानीय समाजसेवी, बुद्धिजिवीहरु सहभागी उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोम फाइबरनेटको औचित्यबारे प्रस्ट पारेका थिए ।

डिशहोमको फाइबरनेट जोड्दा प्रयोगकर्ताले आईपी टिभी, डिशहोम गोको मोबाइल एप र वेब साथै एक्सभीओडी सेवा नि:शुल्क रुपमा प्रयोग गर्न पाउनेछन् ।

सस्तो सर्वसुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुविधासहित बुधबारदेखि जडान सुरू गरिएकाे कम्पनीले जनाएको छ ।

ग्राहकको रोजाइअनुसार कम्पनीले १० एमबीपीएसदेखि १०० एमबीपीएससम्मको प्याकेज उपलब्ध गराउनेछ ।

सहरी एरिया मा सुरु गरेको डिशहोम फाइबरनेट आफ्नो सेवालाई ग्रामीण क्षेत्रका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने कुरा डिश होमका एरिया सेल्स म्यानेजर प्रदिप सुवेदीले जानकारी गराए ।

डिशहोम फाइबरनेटसँगै अन्य सेवा पनि छिट्टै सुरु हुने उनले जानकारी दिए ।

काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

छिट्टै नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज लगायत अन्य स्थानमा पनि फाइबरनेट विस्तार गर्ने कम्पनीकाे याेजना छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५