close

सुरु भयो नेपाली इथिकल ह्याकरको सम्मेलन, यसरी हेर्नुहोस् लाइभ स्टिमिङ

टेकपाना टेकपाना

भदौ २५, २०७८ १२:५२

सुरु भयो नेपाली इथिकल ह्याकरको सम्मेलन, यसरी हेर्नुहोस् लाइभ स्टिमिङ

काठमाडौं । शुक्रबारदेखि नेपाली इथिकल ह्याकरको सम्मेलन थ्रेटकन २०२१ सुरु भएको छ । कोरोना भाइरसको महामारीको अवस्थालाई ख्याल गर्दै यसपटकको सम्मेलन भर्चुअल रुपमा सुरु भएको हो ।

सम्मेलनमा इभा ग्याल्फेरिनको किनोट प्रस्तुति रहनेछ । जसमा उनले ‘इन्टरनेट प्रयोगकर्तामाथिको निगरानी घरबाटै सुरु हुने’ शीर्षकमा आफ्नो प्रस्तुति दिनेछन् ।  त्यस्तै नितेश भट्ट, अद्लि वहिद, अविनास जैन, लियान्ने पोटर, आकाश मन्डल र सुभास पोपुरी समेत शुक्रबारको वक्ताको रुपमा रहेको आयोजकले जनाएको छ ।

जसमा फिशिङ, साइबर सुरक्षाको मानवशास्त्र लगायत साइबर सुरक्षाका विभिन्न विषयमाथि चर्चा हुनेछ । दुई दिनसम्म चल्ने सम्मेलनमा शुक्रबार देश बाहिरका विज्ञ वक्ताहरूले आफ्नो प्रस्तुति राख्नेछन् भने स्थानीय वक्ताहरूको प्रस्तुति शनिबार हुनेछ ।

६० जनाभन्दा बढी सहभागी रहेको यसपटकको सम्मेलन युट्युवमार्फत लाइभ गरिएको छ । थ्रेटकन २०२१ आयोजक थ्रेटनिक्सका सहसंस्थापक सचिन ठकुरीका अनुसार युट्युब लाइभ च्याटमार्फत प्रस्तोतालाई प्रश्न राख्न सकिनेछ । यसरी प्राप्त भएका प्रश्नहरूको जवाफ प्रस्तुति पश्चातको लाइभ सेसनमा सम्बन्धित वक्ताले दिनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५