close

पोल भाडा तिर्न आईएसपीलाई टेलिकमको समयसीमा, नतिर्नेको तार हटाउने तयारी

टेकपाना टेकपाना

भदौ २७, २०७८ ९:२०

पोल भाडा तिर्न आईएसपीलाई टेलिकमको समयसीमा, नतिर्नेको तार हटाउने तयारी

वीरगञ्ज । नेपाल टेलिकमले प्रदेश नं २ का विभिन्न स्थानमा कम्पनीको पोल प्रयोग गरिरहेका केबुल टिभी सञ्चालक र इन्टरनेट सेवा प्रदायकहरुलाई पोल भाडा भुक्तानी गर्न आग्रह गरेको छ ।

प्रदेश नं. २ स्थित टेलिकमकाे प्रादेशिक कार्यालयले आइतबार एक सूचना जारी गर्दै असोज मसान्तसम्म पोल भाडा तिर्न आग्रह गरेको हाे ।

वीरगञ्ज, जनकपुर, मलङ्गवा, हरिवन, राजविराज, लाहान तथा यसअन्तर्गत रहेका स्थानहरूमा टेलिकमको पोल प्रयोग गरेका सम्पूर्ण केबुल टिभी सञ्चालकहरू र इन्टरनेट सेवा प्रदायकहरूले पोल प्रयोग गर्ने सम्बन्धी सम्झौता गरी अनिवार्य रूपमा गत आर्थिक वर्ष २०७७/७८ सम्मको पाेल भाडा बापतको रकम तिर्न असोज मसान्तसम्मकाे समयसीमा दिइएकाे छ ।

साथै सम्झौता तथा भाडा भुक्तानी नगरी पोल प्रयोग गर्ने सेवा प्रदायकहरूको केबुलहरु टेलिकमले कात्तिक १ गतेदेखि कुनै पनि समयमा हटाउन सक्ने चेतावनी दिएको छ ।

यसबाट उत्पन्न हुने परिस्थितिका लागि सेवाप्रदायकहरू नै जिम्मेवार हुने समेत टेलिकमले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५