close

११ हजार स्थानमा पुग्यो वर्ल्डलिंकको फ्री वाई-फाई, दैनिक प्रयोगकर्ता ५ लाख

टेकपाना टेकपाना

असोज ४, २०७८ ११:४३

११ हजार स्थानमा पुग्यो वर्ल्डलिंकको फ्री वाई-फाई, दैनिक प्रयोगकर्ता ५ लाख

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले देशका ११ हजारभन्दा बढी स्थानमा पब्लिक वाई-फाई विस्तार गरेको छ ।

इन्टरनेटमा सबैको सहज पहुँच गराउन कम्पनीले केही वर्षदेखि देशैभर सार्वजनिक स्थानमा निःशुल्क वाई-फाई उपलब्ध गराउँदै आएको छ ।

यही क्रममा हाल त्यस्तो वाई-फाई हट्सपटकाे संख्या ११ हजार पुगेको कम्पनीले जनाएको छ । जसका दैनिक सक्रिय ग्राहक संख्या पाँच लाखको हाराहारीमा रहेको कम्पनीले जनाएको छ ।

यसका लागि कम्पनीले अघिल्लो वर्षमात्रै फेसबुकसँग सहकार्य गरेको थियो ।

फेसबुकको एक्सप्रेस वाई-फाई प्लेटफर्ममार्फत नेपालभर सार्वजनिक वाई-फाई सेवा उपलब्ध गराउने योजनाका साथ उक्त सम्झौता भएको हो ।

जसमा आगामी एक वर्षभित्र देशका ३० हजार सार्वजनिक स्थानमा निःशुल्क वाई-फाई उपलब्ध गराउने योजना कम्पनी रहेको छ ।

त्यही अनुसार नै हाल निःशुल्क वाई-फाई विस्तारको काम भइरहेको समेत कम्पनीले जनाएको छ ।

फिक्स्ड लाइन इन्टरनेट सेवा नलिएका ग्राहकलाई कम्पनीको सेवा अनुभूत गराउने योजना साथ यसलाई  अगाडि सारिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१