close

‘डक्टर्स अन कल नेपाल’ लाई स्टार्टअप अवार्ड

टेकपाना टेकपाना

असोज ४, २०७८ १२:३२

‘डक्टर्स अन कल नेपाल’ लाई स्टार्टअप अवार्ड

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आयोजना गरेको अवार्ड कार्यक्रममा ‘डक्टर्स अन कल नेपाल’ काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता भएको छ ।

प्रविधिमा आधारित विभिन्न स्टार्टअप कम्पनीबीचको प्रतिस्पर्धामा डक्टर्स अन कल नेपालले यो उपाधि जित्न सफल भएको हो । यसैगरी कार्यक्रममा ‘अर्बन नेपाल’ दोस्रो र ‘अन्सु टेक्नोलोजी’ तेस्रो भएका छन् ।

पुरस्कारस्वरुप विजेता कम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुने अर्बन नेपालले ७५ हजार र तेस्रो हुने अन्सु टेक्नोलोजीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

उक्त कार्यक्रममा देशभरबाट एक सय बढी कम्पनीहरूको सहभागिता रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१