close

सेञ्चुरी बैंकको मोबाइल एपमै देशभित्र रकम पठाउने र पाउने सुविधा

टेकपाना टेकपाना

असोज ४, २०७८ २१:४१

सेञ्चुरी बैंकको मोबाइल एपमै देशभित्र रकम पठाउने र पाउने सुविधा

काठमाडौं । सेञ्चुरी बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘सेञ्चुरी पे’ बाट देशभित्रै रेमिट्यान्स पठाउन सकिने सुविधा सुरु गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङमा ‘सेञ्चुरी रेमिट’ नाममा रेमिट्यान्स सेवा सुरु गरेको हो । 

यससँगै बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपबाट आन्तरिक विप्रेषण पठाउन सक्ने भएका छन् । आन्तरिक रेमिट्यान्स पठाउँदा मोबाइल बैंकिङ एपमा रहेको सेञ्चुरी रेमिटमार्फत सोझै नगद पठाउने अथवा बैंकको खातामा जम्मा गर्ने मध्ये कुनै एक विकल्प रोज्न सकिन्छ।

यसका साथै मोबाइल बैंकिङ एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी नेपालभित्रै रकम पठाउन र पावउन सकिन्छ। साथै यो सुविधा अन्तर्गत बैंकका ग्राहकले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यालय र देशका ७७ जिल्लामा रहेका दश हजार आधिकारिक एजेण्टमार्फत रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् ।

बैंकले काठमाडौं उपत्यकामा २३ ओटा शाखा र सात ओटा एक्स्टेन्सन काउन्टर तथा उपत्यकाबाहिर १०३ ओटा शाखा र तीन ओटा एक्स्टेन्सन काउन्टरका साथै २४ ओटा शाखारहित बैंकिङ गरी कूल १६० स्थानबाट कारोबार सञ्चालन गर्दै आएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१