close

आईओएस १५ सार्वजनिक, यसरी गर्नुहोस् अपडेट

टेकपाना टेकपाना

असोज ४, २०७८ २३:३३

आईओएस १५ सार्वजनिक, यसरी गर्नुहोस् अपडेट

काठमाडौं । एप्पलले आईफोनका लागि भर्खरै पछिल्लो अपरेटिङ सिस्टम आईओएस १५ को फाइनल भर्सन सार्वजनिक गरेको छ । निःशुल्क रुपमा डाउनलोड गर्न सकिने गरी उपलब्ध भएको यो नयाँ अपरेटिङ सिस्टम आईफोन सिक्स एस तथा त्यस पछिका आईफोनका लागि उपलब्ध गराइएको हो ।

आईओएस १५ ले आईफोन एसई र पछिल्लो आईप्याड टच मोडलमा समेत प्रयोग गर्न सकिनेछ । साथै कम्पनीले आजै आईप्याड १५ ओएस र वाचओएस ८ समेत सार्वजनिक गरेको छ । आईओएस १५ सँगै आएको सबैभन्दा ठूलो परिवर्तन भनेको नयाँ फोकस मोड नै हो ।

‘डु नट डिस्टर्ब’ का अतिरिक्त तपाईंले अन्य मोडमा समेत कन्फिगर गर्न सक्नुहुनेछ । यसमा तपाईंले नोटिफिकेसन प्राप्त गर्न एप र व्यक्ति समेत छनौट गर्न पाउनु हुनेछ । साथै तपाईं के गर्दै हुनुहुन्छ, त्यसै अनुसारको फोकस समेत चयन गर्ने विकल्प यसमा छ ।

उदाहरणको लागि तपाईंले काम गर्दाको समयका लागि ‘वर्क मोड’, सुत्ने समयका लागि ‘स्लिप मोड’ र व्यायाम गर्दाको समयका लागि ‘वर्कआउट’ मोड तयार पार्न सक्नुहुन्छ । आईओएसको यो नयाँ भर्सनमा अन्य थुप्रै नयाँ फिचरहरू पनि छन् ।

जसमा तपाईंले अक्षरका लागि फोटो स्क्यान गर्न सक्नुहुन्छ । जसलाई ‘लाइभ टेक्स्ट’ नाम दिइएको छ । यो फिचरको सहयोगमा तपाईंले फोटोमा रहेका अक्षरलाई हाइलाइट गर्न, कपी तथा पेस्ट गर्न सक्नुहुन्छ ।

जुन एउटा राम्रो एक्सेसिबिलिटी फिचर समेत बन्न सक्छ । आईओएसमा रहेको स्पोटलाइटको सहयोगमा तपाईंले फोटोसँग सम्बन्धित अन्य फोटो समेत फेला पार्न सक्नुहुनेछ । सशुल्क आईक्लाउड सेवा प्रयोग गर्ने ग्राहकहरूलाई आईक्लाउड प्लसमा अपग्रेड गरिएको छ । यसमा थप स्टोरेका साथै केही नयाँ फिचर समेत उपलब्ध छन् ।

‘आईक्लाउड प्राइभेट रिलाई’ एउटा बेटा फिचर हो । जसले तपाईंलाई विस्तारित प्राइभेसी फिचरको साथमा ब्राउज गर्ने सुविधा दिन्छ । त्यस्तै ‘हाइड माई ईमेल’ फिचरको सहयोगमा तपाईंले वेबसाइटहरूका लागि अनियमित किसिमका ईमेल एड्रेस तयार पार्न सक्नुहुन्छ ।

आईक्लाउड ईमेल प्रयोगकर्ताले समेत व्यक्तिगत डोमेन नेममा स्विच गर्न सक्नेछन् । भर्खरै रोलआउट हुने क्रममा रहेको यो अपडेट सेटिङ एपका साथै तारमार्फत कम्प्युटरमा  जोडेर समेत प्राप्त गर्न सकिनेछ ।

तर त्यसभन्दा अगाडि तपाईंले आफ्नो डिभाइसको ब्याकअप तयार पार्नुहोस् । साथै आफ्नो आईफोन तथा आईप्याडको को सेटिङ एपमा गएर आफ्नो आईक्लाउड ब्याकअप अपडेट रहे नरहेको सुनिश्चित गर्नुहोस् ।

यो कुरा माथि सिरानीमा रहेको आफ्नो अकाउन्ट इन्फरमेसनमा गएर त्यहाँ रहेको डिभाइस नेममा समेत हेर्न सक्नुहुनेछ । यसका अतिरिक्त आफ्नो आईफोनलाई कम्प्युटरमा जोडेर विन्डोजका लागि फाइन्डर वा आईट्युन म्यानुअल किसिमले समेत ब्याकअप राख्न सक्नुहुन्छ ।

आईट्युनमा ब्याकअप राख्दा इन्क्रिप्ट गर्न भने नभुल्नुहोस् । यदि तपाईंको कम्प्युटर कसैले ह्याक गरिहाले पनि यसो गरेको खन्डमा सुरक्षित रहन सक्छ । इन्क्रिप्टेड ब्याकअपमा सेभ भएका पासवर्ड र स्वास्थ्य सम्बन्धी जानकारी समेत समावेश भएर बसेको हुन्छ ।

यसरी तपाईंले आफ्नो अनलाइन अकाउन्टका लागि रिकनेक्ट गराइरहनु पर्दैन । यो सबै प्रक्रिया पुरा गरिसकेपछि सेटिङ एपमा जानुहोस् । त्यसपछि ‘जनरल’ हुँदै ‘सफ्टवेयर अपडेट’मा पुग्नुहोस् ।  

त्यहाँ तपाईंले अपडेट रिक्वेस्टेड..’ देख्न सक्नुहुनेछ । यसबाट  स्वतः डाउनलोड हुन थाल्छ र डाउनलोड उपलब्ध हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१