close

भरिएकाे गुगल अकाउन्ट कसरी खाली गर्ने ?

टेकपाना टेकपाना

असोज ९, २०७८ २२:५६

भरिएकाे गुगल अकाउन्ट कसरी खाली गर्ने ?

गुगलले आफ्ना प्रयोगकर्ताका लागि प्रदान गर्ने अनलाइन फाइल स्टोरेज सेवा हो, गुगल ड्राइभ । कम्पनीले १५ जीबीसम्म निःशुल्क क्लाउड स्टाेरेजकाे सुविधा दिने गरेकाे छ । यस्ताे स्टोरेज सेवा जीमेल, गुगल फोटो, गुगल ड्राइभ लगायतका लागि प्रयाेग गर्न सकिन्छ ।

नियमित रूपमा चलाउने गुगल अकाउन्टमा स्टाेरेज फुल हुनु स्वभाविक नै हाे । अर्थात् अधिकांश प्रयाेगकर्ताले १५ जीबीको सीमित डेटा स्टोरेज पुरा गरिसकेका छन् । यसपछि स्टाेराेज खाली गर्ने वा थप स्पेस खरिद गर्ने विकल्प उनीहरूसामु छ ।

भरिएकाे गुगल र जिमेल अकाउन्टको स्टोरेजलाई खाली बनाउने तरिका यस्ताे छ :

१. प्रयोग भएको स्टोरेजको ओभरभ्यू पाउनुहोस्

आफ्नो गुगल अकाउन्टको स्टोरेजलाई खाली गर्नुअघि स्टोरेज कसरी प्रयोग भइरहेको त्यो कुराको ओभरभ्यू (अवलोकन) गर्नुहोस् । कहिलेकाँही धेरै वर्षअघि अपलोड गरेका ठूला फाइल र गुगल फोटोजमा अपलोड गरेको तस्बिरहरुले पनि ती स्टोरेजमा ठाउँ ओगटेको हुनसक्छ ।

गुगल सर्भिस ड्राइभ, फोटो र फेमिली शेयरिङमा प्रयोग भएको स्टोरेजको ओभरभ्यू हेर्न गुगल वान पेजमा जानुहोस् ।

२. गुगल स्टोरेज म्यानेजरको प्रयोग

गुगलको आफ्नै स्टोरेज म्यानेजर पनि छ । जसले गुगल अकाउन्टको तपाईंको स्टोरेजलाई खाली गरिदिन्छ । यो म्यानेजरले प्रयोगकर्तालाई जिमेलको ईमेल, स्पाम ईमेल तथा ठूला फाइलहरु हटाउन ओभरभ्यू गर्ने सुविधा दिन्छ ।

३. पुराना ईमेलहरुलाई हटाउनुहोस्

यदि तपाईं ईमेल लामो समयदेखि प्रयोग गर्दै हुनुहुन्छ भने तपाईंको जिमेलमा ठूला अट्याचमेन्टसँग धेरै पुराना थोत्रा फोहोरहरु थुप्रेर बसेको होला । यस्ता फोहोरले तपाईंको जिमेलमा कति स्पेस खाइरहेको हुन्छ । यस्ता इमेलहरुलाई डिलिट गर्नुहोस् ।

तपाईंले जिमेलको सर्चबक्समा ‘has attachment’ सर्च गरेर अट्याचमेन्टसहितको ईमेल फिल्टर गर्न सक्नुहुन्छ र त्यहाँ भएका पुराना ईमेललाई डिलिट गर्न पनि ।

साथै तपाईंले ‘largerM10mb’ सर्च गरेर भारी तथा ठूला ईमेलहरु पनि हटाउन सक्नुहुन्छ । भारी ईमेलहरु खोजेर डिलिट गर्ने यो छिटो र सजिलो तरिका हो ।

साथै तपाईले मेलस्टोर प्रयोग गरेर पनि आफ्नो जिमेल अकाउन्टबाट महत्वपूर्ण तथा पुराना ईमेलहरु तान्न सक्नुहुन्छ । यो एउटा निःशुल्क ईमेल आर्काइभ सफ्टवेयर हो । एकपटक ल्याइसकेपछि तपाईले आफ्नो पुरै अकाउन्टको पुराना मेलहरु डिलिट गर्नसक्नुहुन्छ ।

४. गुगल फोटोजमा भएका फोटोलाई कम्प्रेस गर्नुहोस्

यदि फोटोको ओरिजिनल क्वालिटीका लागि गुगल फोटोजमा ब्याकअप राख्नु भएको छ भने त्यसलाई हाई क्वालिटी मोडमा बदल्नुहोस् । यसले तपाईंको सबै पुराना फोटोहरुलाई कम्प्रेस गर्दछ । ता कि तपाईको फोटो १५ जीबी स्पेस कोटामा आँट्न सकोस् ।

तर यसले जेठ १८ देखि काम गर्ने छैन । किनभने हाई क्वालिटी अपलोड फोटो फिचर हुने छैन । यद्यपि आफ्नो फोटो राख्दा सधै कम्प्रेस गर्न नभुल्नुहोस् । तर एउटा राम्रो विकल्प के छ भने तपाईंले रिकोभर स्टोरेज अप्सन प्रयोग गरी आफ्नो फोटो तथा भिडियोलाई हाई–क्वालिटीमा कम्प्रेस गर्नसक्नुहुन्छ ।

५. गुगल बीन खाली गर्नुहोस्

तपाईंले आफ्नो जिमेल वा गुगल ड्राइभबाट कुनै फाइल डिलिट गरिसकेपछि ती फाइल बीन वा ट्र्यासमा गएर बसेका हुन्छन् । त्यसबाट पनि ती फाइल डिलिट गरेपछि मात्रै तपाईंको स्टोरेज खाली हुन्छ ।

५. ब्याकप र सिङ्क प्रयोग गर्न बन्द गर्नुहोस्

यदि तपाईंले गुगल ब्याकअप वा सिङ्क प्रयोग गरी आफ्नो गुगल ड्राइभमा फाइल ब्याकअप गर्नुहुन्छ भने यस्तो बानी रोक्नुहोस् । तपाईंले यसको सट्टा ड्रपबक्स प्रयोग गर्नुहोस् ।

ब्याकअपका लागि तपाईंले अर्को जिमेल पनि खोल्नसक्नुहुन्छ । यदि तपाईको पीसीमा धेरै ठूला फाइलहरु छन् भने यसले तपाईंको प्रमुख गुगल अकाउन्टमा धेरै ठाउँ नलिएको ठीक हुन्छ ।

६. गुगल वान स्टोरेज खरिद गर्नुहोस्

यदि माथिका सबै विधिबाट पनि तपाईको स्टोरेज खाली हुन सकेन भने गुगल वान प्रयोग गरी एडिसनल स्टोरेज खरिद गर्नुहोस् । यसको मूल्य पनि निकै कम छ । गुगलले तपाईलाई सय जीबी स्टोरेजका लागि प्रति महिना १.९९ डलर चार्ज गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१