गेमर र स्ट्रिमरको लागि उपयोगी हुने एसुसको डुअल डिस्प्ले ल्यापटप नेपालमा

काठमाडौं । गेमर र स्ट्रिमरहरूलाई लक्षित गर्दै एसुसले अर्को नयाँ डुअल डिस्प्ले भइको आरओजी जेफिरस डुओ १५ एसई ल्यापटप नेपाली बजारमा पनि सार्वजनिक गरेको छ ।

३०० हर्ज रिफ्रेस रेट भएको यो ल्यापटपको मेन डिस्प्ले १५.६ ईन्चको छ । यस्तै ६० हर्जको रिफ्रेस रेट सहित १४ ईन्चको सेकन्डरी टचस्क्रिन डिस्प्ले पनि यो ल्यापटपमा छ ।

यी दुवैको कम्बिनेसनले गेमिङ अनुभवलाई उत्कृष्ट बनाउन मद्दत गर्ने कम्पनीको दाबी छ ।

भर्खरै मात्र सार्वजनिक यो ल्यापटपमा एएमडी रेजन ७ ५८०० एच प्रोसेसरसहित एनभेडिया जीफोर्स आरटीएक्स ३०६० जीपीयुको ग्राफिक्स प्रयोग भएको छ । १६ जीबी र्‍याम भएको ल्यापटपमा ५१२ जीबी स्टोरेज उपलब्ध छ ।

ल्यापटपमा ३.५ एमएमको एउटा कम्बो अडियो ज्याक, एउटा २.० बी को एचडीएमआई, तीनओटा ३.२ को टाइप ए यूएसबी र एउटा ३.२ को टाइप सी पोर्ट छन् ।

नेपाली बजारमा यसको मूल्य तीन लाख ७२ हजार २ सय २२ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team