यस्ता छन् नेटफ्लिक्सका सर्वाधिक लोकप्रिय १० सिरिज र फिल्म, तपाईंले हेरेका कति ?

काठमाडौं । नेटफ्लिक्सले हालै आफ्नो स्ट्रिमिङमा सबैभन्दा धेरै हेरिएका टेलिभिजन कार्यक्रम र फिल्मको सूची सार्वजनिक गरेको छ । तीमध्ये क्रिस हेम्सवर्थ र रणदीप होड्डा अभिनित चलचित्र ‘एक्सट्रयाक्सन’ सबैभन्दा धेरै हेरिएको चलचित्रमा परेका छन् ।
सबैभन्दा धेरै हेरिएको कार्यक्रममा ब्रिजर्टन सिजन १ परेको छ । प्रिमियर भएको २८ दिनभित्र यो कार्यक्रम आठ करोड २० लाख सब्सक्राइबरले हेरेको नेटफ्लिक्सले जनाएको छ । त्यस्तैगरी, दोस्रो सर्वाधिक हेरिएको सिरिजमा फ्रेन्च सिरिज ‘लुपिन’ परेको छ ।
‘एक्स्ट्रयाक्सन’ भने ओटीटी प्लेटफर्ममा सार्वजनिक भएको २८ दिन भित्र नौ करोड ९० लाख सब्सक्राइरले हेरका छन् । अर्को सर्वाधिक हेरिएको फिल्ममा थ्रिलर फिल्म ‘बर्ड बक्स’ र कमेडी फिल्म ‘स्पेन्सर कन्फिडेन्सियल’ छ । यद्यपि सबैभन्दा बढी समय हेरिएको मुभी भने ‘बर्ड बक्स’ रहेको नेटफ्लिक्सले जनाएको छ ।
नेटफ्लिक्समा सबैभन्दा धेरैजनाले हेरेका मुभी र सिरिज:
सिरिज
ब्रिड्जटन सिजन-१
लुपिन पार्ट-१
दि वीचर सिजन-१
सेक्स/लाइफ सिजन-१
स्ट्रेन्जर थिङ्स सिजन-३
मनी हाइस्ट पार्ट-४
टाइगर किङ सिजन-१
दि क्विन्स ग्यामबिट
स्वीट टुथ सिजन-१
एम्ली इन पेरिस सिजन १
फिल्म
एक्स्ट्रयाक्सन
बर्ड बक्स
स्पेन्सर कन्फिडेन्सियल
सिक्स अन्डरग्राउण्ड
मर्डर मिस्ट्री
दि ओल्ड गार्ड
इनोला होम्स
प्रोजेक्ट पावर
आर्मी अफ दि डेड
फादरहुड
सबैभन्दा धेरै समय हेरिएका १० मुभि र सिरिजहरू
सिरिज
ब्रिड्जटनः सिजन १
मनी हाइस्टः पार्ट ४
स्ट्रेन्जर थिङ्सः सिजन ३
दि विचरः सिजन १
थर्टिन रिजन्स ह्वाइः सिजन १
थर्टिन रिजन्स ह्वाइः सिजन २
‘यु’: सिजन २
स्ट्रेन्जर थिङ्स: सिजन २
मनी हाइस्ट: पार्ट ३
गिन्नी एण्ड जर्जिया सिजन १
मुभी
बर्ड बक्स
एक्सट्रयाक्सन
दि आइरिस म्यान
दि किसिङ बुथ २
सिक्स अन्डरग्राउण्ड
स्पेन्सर कन्फिडेन्सियल
इनोला होम्स
आर्मी अफ दि डेड
दि ओल्ड गार्ड
मर्डर मिस्ट्री