close

पासवर्ड, पिनजस्ता गोप्य जानकारी कसैलाई उपलब्ध नगराउन एनएमबि बैंकको आग्रह

टेकपाना टेकपाना

असोज २५, २०७८ २२:१२

पासवर्ड, पिनजस्ता गोप्य जानकारी कसैलाई उपलब्ध नगराउन एनएमबि बैंकको आग्रह

काठमाडौं । एनएमबि बैंकले सेवाग्राहीलाई पासवर्ड, ओटीपी जस्ता आफ्ना महत्वपूर्ण जानकारी कसैसँग सेयर नगर्न आग्रह गरेको छ । बैंकले आफ्नो खाताको विवरण र बैंकिङ कारोबारमा प्रयोग हुने ओटीपी, पिन, पासवर्ड, जन्ममिति जस्ता गोप्य जानकारी कसैलाई उपलब्ध नगराउने आग्रह गरेको हो ।

यस्ता जानकारीका माध्यममार्फत जोकोहीले पनि बैंकिङ कारोबारमा पहुँच राख्न सक्छन् । त्यसैले बैंकले समय समयमा पासवर्ड तथा पीन नम्बर परिवर्तन गर्न समेत आग्रह गरेको छ ।

यसका साथै बैंकले पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल एवं स्वदेशी तथा विदेशी नम्बरबाट फोन, एसएमएस तथा अन्य सन्देश मार्फत ‘बधाई छ ! तपाईंले उपहार जित्नु भएको छ’, जस्ता ठगी सन्देश बढेको भन्दै त्यस्ता सन्देशबाट बच्न समेत आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१