close

स्टार्टअपका लागि यी हुन् उत्कृष्ट ठाउँ, जहाँबाट जन्मिए ठूला-ठूला आइडिया

टेकपाना टेकपाना

कात्तिक ५, २०७८ १०:४१

स्टार्टअपका लागि यी हुन् उत्कृष्ट ठाउँ, जहाँबाट जन्मिए ठूला-ठूला आइडिया

काठमाडौं ।  भर्खरै मात्र ‘दी ग्लोबल स्टार्टअप इकोसिस्टम रिपोर्ट २०२१ (जीएसईआर २०२१)’ सार्वजनिक भएको छ । स्टार्टअप जेनोमीले सार्वजनिक गरेको उक्त प्रतिवेदनले स्टार्टअप कम्पनीको कार्यक्षमता, लगानी, स्टार्टअप कम्पनीबिचको आबद्धता, अध्ययन, ज्ञान र प्रतिभाका आधारमा विश्वमा स्टार्टअपका लागि उपयुक्त स्थानमा छनोट गरेको छ ।

जसमा छिमेकी मुलुक भारतका दुई सहर पनि समावेश छन् । सूचीको पहिलो नम्बरमा सिलिकन भ्याली फेरि पनि परेको छ । जहाँबाट फेसबुक, गुगल, ट्विटर, अमेजनजस्ता ठूला टेक कम्पनीको उदय भएको थियो भने अन्य हजारौं स्टार्टअप कम्पनीहरूको सुरुवात त्यहीबाट भएको हो ।

स्टार्टअपका लागि त्यहाँको वातावरण तथा सरकारी नीतिका प्रतिफल पनि आज सिलिकन भ्याली स्टार्टअप हबको रूपमा चिनिएको छ ।

त्यस्तै दोस्रो स्थानमा अमेरिकाकै न्यू योर्क सिटी र बेलायतको लण्डन परेका छन् । तेस्रो स्थानमा चीनको राजधानी बेइजिङ रहेको छ भने पाँचौं र छैटौं नम्बरमा क्रमश: अमेरिकाको बोस्टन र लस एन्जलस सहर छन् ।

सातौं नम्बरमा इजरायलको तेल अभि र आठौँ नम्बरमा चीनको सांघाई छ ।

जापानको राजधानी यो सूचीको नवौँ नम्बरमा पर्दा अमेरिकाका सियाटल सिटी १० औँ नम्बरमा छ । यो हिसाबले हेर्न हो भने स्टार्टअपका लागि उपयुक्त स्थानको हिसाबमा अमेरिकी सहरहरू अघि देखिन्छन् ।

छिमेकी राष्ट्र भारतको बैंगलोर यो सूचीको २३ औँ नम्बरमा परेको छ । त्यस्तै भारतको राजधानी दिल्ली ३६ औँ स्थानमा परेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१